भ्यूमान पुन
घोराही । घोराही -१४ मा रहेको जन एकता वचत तथा ऋण सहकारी संस्थाको चौधौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । संस्थाको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा ४४ जना दाताले रक्तदान गरेको संस्थाका व्यवस्थापक भूमा बोहराले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष प्रेम बहादुर बुढा मगरले रगत अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले हरेक वर्ष स्थापना दिनमा सस्थाले रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रममा प्रेम बुढा मगर, थनबहादुर ओली ,नवीन जीएम सिर्जना कुँवर मगर ,रूपा बुढा मगर ,बिनिता बुढा मगर ,भरत घर्ती मगर ,जुनमाया बुढा मगर प्रमोद बुढा मगर, सुमन तामाङ ,नवीन रोका मगर ,केशव गिरी धर्मबहादुर केसी, ज्ञिबराज बुढाथोकी ,समरपन बिक , निराजन नेपाल ,राजेन्द्र घर्ती मगर ,नरसिंह ओली, प्रशान्त बुढा मगर, दिवाकर बुढामगर, अविन्द्र भुसाल, जनक बुढा मगर, मञ्जु रोका मगर, भुमबहादुर केसी ,सनम पुन मगर ,विशाल केसी, अगमन बुढा मगर ,लिलेन झाक्री मगर, भीमकुमारी पुन मगर, मोतीराम घर्ती मगर, राकेश पुन, विकास बुढामगर, अशोक कुमार रोका मगर ,कल्पना बुढा मग,र सम्झना रोका मगर ,भीम पुन मगर ,विवेक जीएम ,अनमोल डाँगी, ज्ञानबहादुर बुढा मगर, बिमला बस्नेत, महेन्द्र बुढा ,भूपेन्द्र बुढामगर, सरस्वती रोका मगर र गणेश प्रताप पुनले रगत दान गर्नुभएको हो ।
जन एकता वचत तथा ऋण सहकारी संस्थाले हरेक चार चार महिनामा रक्तदान गरिएको छ । यसअघि संस्थाले सार्वजनिक स्थल, राजमार्ग, बजार सरसफाइ अभियान चलाएर सामाजिक कार्य गर्दै आएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।