घोराही । घोराहीस्थित भिएन मन्टेश्वरीको अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मन्टेश्वरीको आयोजनामा विद्यालयको सगरमाथा हलमा मंगलबार एक कार्यक्रम गरी अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका सिइओ चन्द्रप्रकाश खनालले अभिभावकहरुको समस्या, जिज्ञासा र सुझाव नै विद्यालयको समग्र शैक्षिक उन्नयन र गुणस्तर शिक्षामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खल्ने बताए । अभिभावकहरुले नै दिएको सुझावलाई ग्रहण गर्दै विद्यालयले आगामी शैक्षिकसत्रदेखि योजना बनाएर अगाडि बढ्ने र विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षा दिनेमा जोड दिए । विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु दक्ष र विषय विज्ञ भएको हुँदा नै भिएन स्कूलमा विद्यार्थी र अभिभावकहरुको आकर्षण बढ्दै गइरहेको उनले बताए । नयाँ व्यवस्थापनकासाथ विद्यालय सञ्चालन भएको तीन वर्षमै मन्टेश्वरी ग्रुपमा विद्यार्थीहरुको चाप बढेको र भिएन स्कूलले सामान्य शुल्कमा पठनपाठन गरिरहेको उनको भनाइ छ ।
विद्यालयका सिइओ खनालले सर्वसुलभ शुल्कमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने भिएनको मुख्य लक्ष्य भएको हुँदा त्यो लक्ष्य प्राप्त गर्नका लागि अभिभावकहरुको सदैव साथ र सहयोग अपेक्षा रहेको समेत बताए ।
विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर खड्काले विद्यालयको केन्द्रबिन्दु भनेको बालबालिका भएको बताए । उनले बालबालिका राम्रो भएमात्र अभिभावक र विद्यालय राम्रो हुने भन्दै त्यसतर्फ ध्यानदिन अभिभावक र विद्यालयको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने कुरामा जोड दिए । विद्यालयलाई राम्रो बनाउन र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षक, अभिभावक र व्यवस्थापन समितिबीच सहमति र सहकार्यबाट मात्रै सम्भव हुने भएकोले शिक्षक, अभिभावक र विव्यसबीचको त्रिकोणात्मक सम्बन्ध प्रगाढ हुनुपर्ने उनको भनाइ थियो ।
भिएन मन्टेश्वरीका संयोजक लक्ष्मी चौधरीले मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरुले गरेका हरेक क्रियाकलाप पढाइसँग जोडेर अगाडि लगेको बताइन् । उनले भिएन मन्टेश्वरीमा अभिभावकहरुले दिएको विश्वासलाई कायम राख्दै आगामी दिनमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्ने जोड दिइन् । बालबालिकाहरुको मनोबैज्ञानिकलाई बुझेरमात्र शिक्षण क्रियाकलापलाई थप प्रभावकारी बनाउनका अभिभावकहरुले आफ्नो बालबालिकाको सकारात्मक र नकारात्मक पक्ष विद्यालयमा दिनुपर्ने उनको भनाइ थियो ।
भेलामा अभिभावकहरुले मन्टेश्वरीको समग्र पढाइ तथा शिक्षण क्रियाकलाप राम्रो भएको कुरामा जोड दिएका थिए । उनीहरूले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लेखन तथा बोल्ने शैली सुधार गर्नुपर्ने र हेमवर्क तथा बसको व्यवस्थापनमा विद्यालयले विशेष ध्यानदिनुपर्ने सुझाव दिएका थिए । विद्यालयले हालसम्म प्रदान गरेको शिक्षा राम्रो भएकै कारण विद्यालयलाई विश्वास गरेको हुँदा आगामी दिनमा त्यो विश्वासलाई थप बलियो बनाउनका लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने उनीहरुको भनाइ थियो ।
विद्यालयको प्रधानाध्यापक इन्द्रबहादुर खड्काको अध्यक्षता एवं विद्यालयका सिइओ चन्द्रप्रकाश खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण मन्टेश्वरी संयोजक लक्ष्मी चौधरीले गरेकी थिइन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।