• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्ववियु निर्वाचन : अखिल (समाजवादी) दाङद्वारा १७ क्याम्पसमा संगठन दर्ता




श्रवण कुमार यादव
दाङ । आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अखिल (समाजवादी) दाङले जिल्लाका विभिन्न क्याम्पसहरूमा संगठन दर्ता गराएको छ।

जिल्लाभरका प्रमुख क्याम्पस तथा कलेजहरूमा संगठन विस्तार गर्दै अखिल (समाजवादी) दाङले विद्यार्थी राजनीतिमा आफ्नो प्रभाव जमाउने प्रयास गरिरहेको छ। यसै क्रममा महेन्द्र बहुमुखी क्याम्पस घोराही, राप्ती बबई क्याम्पस तुलसीपुर, देउखुरी बहुमुखी क्याम्पस लमही लगायत जिल्लाको १७ वटा शैक्षिक संस्थाहरूमा संगठन दर्ता भइसकेको अखिल (समाजवादी) दाङ जिल्ला संयोजक खुम रिजाले जानकारी दिनुभयो।

संयोजक रिजाल ले लामो समयदेखि विद्यार्थीकोे हक हित र अधिकारका निम्ति निरन्तर सडक बाघको काम गर्दै आएको बताउनु भयो। निस्वार्थ रूपमा विद्यार्थी आन्दोलन लाई स्थापित गरी क्याम्पस,विद्यार्थी, कर्मचारी वर्ग समग्रको हित को लागि आफ्नो योजना तथा एजेण्डाहरू लिएर विद्यार्थीकाे अधिकार र शैक्षिक सुधारका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनु भयो। साँच्चै विद्यार्थीको लागि शैक्षिक सुधारको लागि र विद्यार्थीको भविष्यको लागि स्ववियु निर्वाचन हो भने सबैलाई जुटेर अगाडि बढ्न पनि उहाँले आह्वान गर्नुभएको छ। संगठन दर्ता प्रक्रियामा संलग्न सम्पूर्ण सहकर्मी कमरेडहरूलाई धन्यवाद दिँदै संगठनले सफल निर्वाचनका लागि सबैलाई एकजुट भएर लाग्न आह्वान गरेका छन्।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (समाजवादी) ले नेपाली शिक्षा प्रणालीमा रहेको नवउदारवादी नीति र यसको कारण भइरहेको व्यापारीकरण, निजीकरण तथा माफियाकरणका विरुद्ध, महंगो शुल्कका विरुद्ध, पाठ्यक्रममा अपडेट, विश्वविधालयको सुधार र नेपालको राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारीको सृजना गर्न, एक शिक्षालय एक उत्पादन नीतिलाई लागू गर्न, युवा र विद्यार्थी तथा पुँजीको चरम विदेश पलायन रोक्न लगायतका विषयमा लामो संघर्ष गर्दै आएको छ।

चुनाव आउन १४ दिन मात्र बाँकी रहँदा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् । अखिल (समाजवादी) ले पनि आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै विद्यार्थीहरूको समर्थन बटुल्ने रणनीति तथा आशा र अपेक्षा अपनाएको छ।

Facebook Comments