• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीको सम्पत्ति कर वृद्धिप्रति नागरिक समाजको ध्यानाकर्षण




घोराही । नागरिक समाज दाङले घोराही उपमहानगरपालिकाले एकीकृत सम्पत्ति कर मालपोतमा अत्यधिक वृद्धि गरेको तथा नागरिकको प्रत्यक्ष सरोकारको विषय फोहोरमैला व्यवस्थापन, बिर्सजन गर्ने कार्य ठेक्कामा दिएर थप आर्थिक भारपर्ने काम गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका जिल्ला संयोजक नीमबहादुर थापाको अध्यक्षतामा सोमबार घोराहीमा बसेको समाजको बैठकले घोराही उपमहानगरपालिकाले चालू आर्थिक वरणष २०८१(०८२ को एकीकृत सम्पत्ति कर मालपोतमा अत्यधिक वृद्धि गर्नु असान्दर्भिक रहेको भन्दै पुनरावलोकन गर्न ध्यानाकर्षण गराएको छ ।

यसैगरी, सार्वभौमसत्ता सम्पन्न नागरिकको प्रत्यक्ष सरोकारको विषय फोहोरमैला व्यवस्थापन, संकलन बिसर्जन गर्ने कार्य ठेक्कामा दिई नगरबासीलाई थप आर्थिक बोझ पर्ने कार्य भएको जनाउँदै साझा सरोकारको विषयमा गम्भीर बन्न ध्यानाकर्षण गराएकोे छ । नागरिकलाई उपलब्ध गराउने सेवा सुविधा स्थानीय सरकार स्वयमंले उपयुक्त गराउनुका साथै अत्यधिक वृद्धि गरिएको कर पुनरावलोकन गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको हो ।

यसैगरी, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा तालाबन्दीका कारण विश्वविद्यालयको दैनिक प्रशासनिक तथा शैक्षिक कार्यक्रममा गतिरोध उत्पन्न भएको सन्दर्भमा जिल्लास्थित क्रियाशील राजनीतिक दल, विश्वविद्यालय पदाधिकारी, विद्यार्थी संगठन, तालाबन्दी गर्ने पक्षको सहभागीतामा सर्वदलीय सर्वपक्षीय भेला आयोजना गरि गतिरोध अन्त्य गर्न समाजका संयोजक नीमबहादुर थापाको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ ।

जसको सदस्यमा चन्द्रराज पन्त, केबी मसाल, हरिप्रसाद पाण्डेय, लक्ष्मी आचार्य, सुशील गौतम रहनुभएको छ भने सदस्य सचिवमा समाजका सचिव नारायणप्रसाद श्रेष्ठ रहनु भएको छ ।

Facebook Comments