• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खुमबहादुर खड्का भलिवल प्रतियोगिताको तयारी पूरा, उद्घाटन खेल दाङ सोसाईटी र रोयल मुर्कुटी क्लवको हुने




दाङ । दाङको घोराहीमा हुन थालेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ ।

आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले सोमबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुन २० गतेदेखि हुन थालेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी बारेमा जानकारी दिएको हो ।

जिल्लामा खेलकुद क्षेत्रको विकास, सामाजिक विकाससँगै नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नौं वटा टिमको सहभागिता हुन थालेको नेपाली कांग्रेस दाङका सहसचिव तथा खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।

संयोजक आचार्यका अनुसार प्रतियोगितामा राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिकासँगै, मनिमुकुन्द भलिवल क्लव रुपन्देही, होराइजन स्पोर्टस क्लव बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा बोर्डिङ लमही, दाङ सोसाइटी क्लव घोराही र रोयल मुर्कुटी युवा क्लव बंगलाचुलीको टिम सहभागी हुने भएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोश्रो हुने टिमले नगद एक लाख २५ हजार र तेश्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको उद्घाटन मंगलवार दिउँसो १ बजे नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य योगेन्द्र चौधरीले गर्ने भएका छन् । प्रतियोगिताको उद्घाटन खेल दाङ सोसाईटी क्लव र रोयल मुर्कुटी युवा क्लवका बिचमा हुने भएको छ । त्यसैगरी दोश्रो खेल दंगीशरण गाउँपालिका र ओली वंश समन्वय समिति दाङको टिमका बिचमा हुने भएको छ ।

खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतम, नेपाली कांग्रेस दाङका सभापतिद्धय कमानसिं भारती र गिरिराज सुवेदी, जिल्ला सचिव बालिका लम्साल, कोषाध्यक्ष प्रकाश सुवेदीलगायतको नेताहरुको सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण समितिका सदस्य रेखबहादुर ओलीले गरेका थिए । प्रतियोगिता घोराहीस्थित जिल्ला समन्वय समितिको मैदानमा हुने भएको छ ।

Facebook Comments