• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र राप्ती गाउँ कमिटीको पहिलो बैठक सम्पन्न : ‘एक गाउँ, एक कमिटी’ गठन गर्ने निर्णय




भालुबाङ। नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको पहिलो बैठक शनिबार बराखुटीमा सम्पन्न भएको छ।

बैठक गाउँ कमिटीका अध्यक्ष रण बहादुर पुजाली ‘राजेन्द्र’ को अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैठकले प्रत्येक वडामा ‘एक गाउँ, एक कमिटी’ गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै पार्टीको गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सचिवालय तथा विभिन्न विभागहरू गठन गर्ने निर्णय गरेको गाउँ कमिटीका सचिव जगत थापाले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले नौ वटै वडाका लागि विभिन्न व्यक्तिहरुलाई वडा इन्चार्ज र सह-इन्चार्जकाे जिम्मेवारी ताेकेकाे छ।

साथै, बैठकले पार्टीद्वारा सञ्चालित राष्ट्रव्यापी हुलाकी राजमार्ग केन्द्रित अभियानअन्तर्गत आगामी चैत ४ गते दाङ देउखुरीको गढवामा हुने जागरण सभामा राप्तीबाट व्यापक जनसहभागिता गराउने निर्णय गरेको छ।

Facebook Comments