घोराही । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा कक्षा २ का विद्यार्थीहरुको दुईदिने बन्द शिविर सम्पन्न भएको छ। विद्यार्थीहरुको समग्र विकासमा योगदान पुर्याउनु र उनीहरुलाई मानसिक, शारीरिक र शैक्षिक दृष्टिकोणले सशक्त बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको विद्यालयले बताएको छ । गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षतामा भएको बन्द शिविर समापन कार्यक्रको प्रमुख अतिथिको रूपमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी रहनुभएको थियो।
कार्यक्रमको पहिलो दिन विद्यार्थीहरुलाई शारीरिक र मानसिक विकासका विभिन्न विधिहरुमा सहभागी गराइएको थियो भने कार्यक्रमको सुरवात योगाभ्यास र ध्यानबाट गरिएको थियो, जसले विद्यार्थीहरुलाई आन्तरिक शान्ति र फोकस बढाउन मद्दत पुर्याएको थियो । विद्यार्थीहरुलाई शारीरिक फिटनेसका लागि खेलकुद र शारीरिक अभ्याससँगै उनीहरुको समग्र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्य राखेको थियो।शिविरको दोस्रो दिन शैक्षिक गतिविधिहरुमा फोकस गरिएको थियो।
विद्यार्थीहरुलाई समर्पित कार्यशालामा विभिन्न प्रकारका रचनात्मक अभ्यास र खेलमाध्यमबाट पढ्न र लेख्नका दक्षताहरु सुधार गर्नका लागि गतिविधिहरु सञ्चालन गरिएको हो। त्यस्तै, उनीहरुलाई समूह कार्य र टीमवर्कको महत्व पनि बताइएको थियो। यसै क्रममा विद्यार्थीहरुलाई व्यक्तित्व विकासका विषयमा पनि जानकारी गराइएको थियो जसमा आत्मविश्वास बढाउने, संवाद क्षमता सुधार्ने र सकारात्मक सोच राख्नेसम्बन्धी छलफल गरेको थियो ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि सन्तोष सुबेदीले, “शिक्षा भनेको मात्र पुस्तक पढ्नु होइन, यो जीवनको हरेक पाटोमा दक्षता हासिल गर्ने प्रक्रिया हो। यस शिविरले विद्यार्थिहरुलाई शारीरिक र मानसिक रुपले सशक्त बनाउन मद्दत गरेको छ। बताउनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष ई. अनन्तराज घिमिरेले, “हामी यहाँ पाठ्यपुस्तकमा मात्रै केन्द्रित नभएको र विद्यार्थीहरूको समग्र विकासको लागि आफुले यस शिविरमा शारीरिक, मानसिक र सामाजिक पक्षलाई पनि जोड दिएको बताउनुभयो। यस्ता कार्यक्रमले हाम्रो विद्यालयको शैक्षिक स्तरलाई पनि उकास्ने छ,” उँहाले भन्नु भयोे ।
यस अवसरमा विद्यालयका शिक्षक, शिक्षिकाहरु र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको समापनमा सबै सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । विद्यार्थीहरुले आफ्ना अभिभावकलाई २ दिनसम्म बन्द शिविरमा गरेका क्रियाकलापको बारेमा जानकारी गराएका थिए । गुरुकुल एकेडेमीले यस प्रकारका कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुको शारीरिक र मानसिक विकासमा जोड दिन जारी राख्ने प्रतिबद्धता जनाएको छ। बन्द शिविरमा घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसी , शिक्षा प्रेमि तथा समाजसेवि इन्द्र कुमार वली र भारतिय कमान्डो प्रशिक्षक बेचन वलीले विद्यार्थिहरुको कृयाकलापको अवलोकन गर्नुभएको थियो ।
सो अवसरमा विद्यार्थिहरुसंँग अन्तरकृया समेत गरिएको थियो । कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , अन्तराष्ट्रिय शिक्षक म्यारी लु , अभिभावक लगायतले बोल्नुभएको थियो । मन्टेश्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
