• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भिएन स्कूलको ३४ औं वार्षिकोत्सव, मन्टेश्वरीका विद्यार्थीहरु दीक्षित




घोराही । घोराही- १५ मा रहेको भिएन स्कूल  एण्ड कलेजको ३४ औं वार्षिकोत्सव समारोह-२०८१ सम्पन्न भएको छ । विद्यालयको आयोजनामा शनिबार विद्यालयकै प्रांगणमा एक कार्यक्रमकाबीच वार्षिकोत्सव सम्पन्न भएको हो ।

वार्षिकोत्सवको अवसरमा मन्टेश्वरीमा अध्ययनरत युकेजीका विद्यार्थीहरु  दीक्षित भएका छन्  । मटेश्वरीमा अध्ययन पूरा गरी स्कूल लाइफमा जोडिन लागेका विद्यार्थीहरु दीक्षित भएका हुन् । विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर खड्का र सह-प्रधानाध्यापक शान्तिदेवी हमालले दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षता एवं  जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रजिअ लम्सालले दाङ जिल्लामा थुप्रै सबल र सक्षम पक्षहरू रहेको भन्दै शैक्षिक, मानवीय, स्वास्थ्य र पूर्वाधारको  दृष्टिकोणले दाङ असाध्यै राम्रो भएको बताए ।कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ लम्सालले पछिल्लो समय रोजगारी ठगी, लागूऔषध दुर्व्यसनी, सडक दुर्घटना लगायतका सामाजिक मुद्दाहरु बढ्दै गएकोहुँदा ती विषयवस्तुहरुमा नगरपालिकासँग समन्वय र परामर्शमा विद्यालयहरुले पाठ्यक्रममार्फत सचेतना गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख नारायण पौडेलले आफ्नो छोराछोरीलाई कस्तो बनाउने भन्ने प्रमुख दायित्व अभिभावक नै हुने बताए । उनले विद्यालयमा शिक्षकहरुले पढाएरमात्र बालबालिका ठिक लाइनमा नआउने भन्दै अभिभावकले पनि समय दिएर आफ्नो छोराछोरीलाई सिकाउनुपर्ने कुरामा जोड थिए  । अब शिक्षा गुणस्तरसँगै व्यवहारिकमा आधारित शिक्षा हुनुपर्ने समेत उनको भनाइ छ ।

त्यसैगरी प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले यो देशमा निजी विद्यालयले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको बताए । उनलेनिजी विद्यालयले विद्यार्थीलाई शिक्षामात्र नभएर शिक्षासँगै दीक्षा पनि दिने गरेको कुरामा जोड दिए  । अहिलेसम्म पनि २०२८ सालमा जारी भएको शिक्षा ऎन लागू भएको हुँदा शिक्षा प्रणालीमा सुधार आउन नसकेको र अब सरकारले समय सापेक्ष शिक्षा ऎन ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

विद्यालयका सिइओ चन्द्रप्रकाश खनालले नयाँ टिम र नयाँ व्यवस्थापनकासाथ सञ्चालनमा आएको भिएन स्कूलले छिटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको बताए । उनले विद्यालयले गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षामा जोड दिएको भन्दै विद्यार्थीहरुको शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउनका लागि पढाइसँगै अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिइएको जानकारी दिए । दाङ जिल्लामै नमूना र उत्कृष्ट विद्यालय बनाउनका लागि विद्यालयले कार्य योजना तथा विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन गर्दै आइरहेको उनको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर खड्काले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले लिएको योजना अनुसार शैक्षिक गतिविधिलाई अगाडि बढाएको बताए । उनले विद्यालयको समग्र शैक्षिक उन्नति र प्रगतिको लागि विद्यालयले आगामी शैक्षिकसत्रदेखि अल्पकालीन र दीर्घकालीन योजना बनाउएर अगाडि बढ्ने कुरामा जोड दिए । विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई सबल र सक्षम बनाउनका लागि विद्यालयले गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षामा जोड दिएको र विद्यालयले  देशलाई चाहिने थुप्रै दक्ष जनशक्ति उत्पादन गर्दै आएको उनको भनाइ छ ।

विद्यालयकी सहायक प्रधानाध्यापक शान्तिदेवी हमालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण वली,  डाक्टर टीकाराम उदासी, सिस्नोपानीका अध्यक्ष डा. लोकराज पराजुली, लाइन्स क्लब अफ अम्बिकेश्वरी क्याम्पसका प्रथम उपाध्यक्ष प्रकाश सुवेदी, अभिभावकको तर्फबाट जंग रेउलेलगायतले शुभकामना मन्तव्य दिँदै अब हरेक विद्यालयले समय सुहाउँदो शिक्षामा जोड दिनुपर्ने बताएका थिए । आजको युग विज्ञान तथा प्रविधि युग भएको कुरामा जोड दिँदै शिक्षालाई संस्कार, संस्कृति र प्रविधिमैत्री बनाउनु पर्नेमा उनीहरूको भनाइ थियो ।

त्यस्तै वार्षिकोत्सको अवसरमा अनुशासन, विद्यालयमा धेरै उपस्थित हुने, विद्यालय टपर, क्लास टपर, कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई  पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विभिन्न संस्कृति झल्किने पोषकसहित एकल तथा सामूहिक नृत्य, योगा, खेलकुदलगायतका विविध विधा सांगीतिक प्रस्तुत गरेका थिए  । वार्षिकोत्सबको अवसरमा विद्यालयकै प्रांगणबाट निकालेको प्रभातफेरी तुलसीपुर चोक, दमोदर चोक र मिलन चोक हुँदै विद्यालयमा प्रवेश गरेको थियो । कार्यक्रममा विद्यालयका डाइरेक्टर वसन्तप्रसाद रिजाल, योग प्रशिक्षक रविन्द्र बस्नेत, विद्यालय सञ्चालक समितिका सदस्य, शेयर सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, शिक्षक/ शिक्षिका, पत्रकार, अभिभावकलगायतको आतिथ्यता रहेको थियो ।  कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिकाद्वय सिर्जना अधिकारी र मिनाक्षी बुढाथोकीले गरेका थिए ।

Facebook Comments