• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
`कानूनहरू निर्माण नहुँदा स्थानीय सरकारलाई काम गर्न अफ्ट्यारो´ : सभामुख घर्ती




निराजन सिर्पाली
रूकुमपूर्व । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले देश संघीयतामा गएपनि कानुनहरू निर्माण नहुँदा स्थानीय सरकारलाई काम गर्न अफ्ट्यारो भएको बताउनुभएको छ । शनिबार रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आयाेजित “प्रदेश सरकारसँग स्थानीय सरकारकाे कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम” मा लुम्बिनी प्रदेशका सभामुख घर्तीले विभिन्न कानुन निर्माणकाे कामहरू थन्किदा स्थानीय सरकारले काम गर्न अफ्ट्यारो भएको बताउनुभएको हाे ।

प्रदेश प्रमुख घर्तीले देश संघीय राज्यमा प्रवेश गरेको ७ वर्ष भै सक्दा पनि कानुनहरू पुरानै हुदा सबैभन्दा मारमा जनता परिरहेको बताउनुभएको छ । सभामुख घर्तीले अहिले लुम्बिनी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रियालाई अगाडि बढाएर “प्रदेश सरकारसँग स्थानीय सरकारकाे कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम” यस नेपालकै सबैभन्दा बढी १४ वटा वडाहरू भएको गाउँपालिका पुथा उत्तरगंगा गाउँपालिकामा स्थानीय सरकार सञ्चालनमा भएको अफ्ट्यारोहरूलाई सहज बनाउन प्रदेश सरकारले बनाउने कानुनकाे सुझाव तथा समस्याहरूलाई बुझ्न प्रदेश सरकार लागि परेको बताउनुभएको छ ।

जनताले खु:द नपाउन भन्ने उदेश्यका साथ कानुन निर्माणकाे प्रक्रियालाई स्थायित्व दिन तथा संघीयतालाई थप सब्बलीकरण गर्न स्थानीय सरकारले बनाउने कानुन र प्रदेश सरकारले बनाउने कानुन नबाझिउन र विकास निर्माण सँगै अन्य कामकारबाहीहरू सहज रुपले अगाडि बढाउन सकियोस् भनेर “प्रदेश सरकारसँग स्थानीय सरकारकाे कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम” काे आयाेजना गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।।

Facebook Comments