श्रवण कुमार यादव
राजपुर। जन ज्योति माध्यमिक विद्यालय राजपुर-२, मटेरियाको विद्यालय व्यवस्थापन समिति छनौट प्रयोजनका लागि आज निर्वाचन प्रक्रियाद्वारा मतदान हुँदैछ।
शनिबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा हाल २ बजेसम्म सम्म ७२ प्रतिशत मत परीणाम खसेको निर्वाचन संयोजकले जानकारी दिनुभयो। उहाँले ३ बजे लगत्तै मतगणना हुने जानकारी समेत दिनुभयो।
विद्यालयमा जम्मा ७ सय २९ जना अभिभावकहरुकाे मतदाता नामावली रहेको विद्यालयका प्रधानाध्यापक केशव राम यादवले बताउनुभयो। ८ जनामध्ये ४ जना निर्वाचित हुनेछन्। पछि मनोनित हुने दुई जना सदस्य, वडा प्रतिनिधि, शिक्षक प्रतिनिधि र प्रधानाध्यापक गरी ९ जनाको विद्यालय व्यवस्थापन समिति बन्नेछ।
एका तिर नेकपा एमालेकाे प्यानल रहेको छ भने आर्को तिर नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (बिप्लव), नेपाली काँग्रेस सहित अन्य केही राजनीतिक पार्टीहरुको समर्थन रहेको विद्यालय व्यावस्थापन समितिका निर्वाचन संयोजक दिपक नेपालीले बताउनुभएको छ।
नेकपा एमाले तिर उम्मेदवारहरु अमर राज गिरी(झण्डा), राम सुरज यादव(मादल), सुनिता वि. क. (भकुण्डो) र प्रमिला चौधरी(घडी) त्यस्तै गिरी राज बस्नेतल(हात्ती), पतिराम यादव(गाई), कल्पना घर्ती(सरस्वती) र इन्द्र वि. क. (खरायो) चुनाव चिन्ह लिई निर्वाचनमा होम्मिनुभएकोे निर्वाचन संयोजक नेपालीले बताउनुभयो।
बालविकास देखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा ९ सय ४३ जना विद्यार्थी अध्ययनरत छन् । तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
