• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिवरात्रिको नाममा विकृति भित्र्याउन हुँदैन् : अध्यक्ष विष्ट




तुल बहादुर कवँर मगर
मसुरिया। राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले महाशिवरात्रि जस्तो पवित्र पर्वको अवसरमा हुने धार्मिक गतिविधिमा कुनै पनि प्रकारको विकृति भित्र्याउन नहुने बताउनुभयो।

उहाँले शिवरात्रिलाई आध्यात्मिक, सांस्कृतिक र सामाजिक एकताको पर्वको रूपमा मनाउनुपर्ने उल्लेख गर्दै परम्परागत धार्मिक मान्यताको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो।

शिवरात्रिको अवसरमा राप्ती गाउँपालिका-५ पहरुवामा अवस्थित शिवसवरी धामले आयोजना गरेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रमको बुधबार उद्घाटन गर्दै अध्यक्ष विष्टले पछिल्लो समय महाशिवरात्रि जस्ता पर्वहरूमा विकृति र असंस्कृति फैलिन थालेकोप्रति चिन्ता व्यक्त गर्नु भयो।

“शिव साधना, भजन, कीर्तन, ध्यान र धार्मिक चेतनाको पर्व हो। तर, पछिल्लो समय केही ठाउँहरूमा यसको नाममा अनावश्यक गतिविधि बढ्दै गएको देखिन्छ, जसले हाम्रो मौलिक संस्कृतिलाई असर पुर्याइरहेको छ,” उहाँले भन्नु भयो।

मेला सञ्चालन समितिका संयोजक मिश्रुलाल चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको मेला उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद अधिकारी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो।

मेलाका सांस्कृतिक कार्यक्रम संयोजक राजेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रचारप्रसार संयोजक सन्तोष कुमार गुप्ताले गर्नु भएको थियो।

साथै, सो अवसरमा विभिन्न प्रतियोगितात्मक नृत्य समेत प्रस्तुत गरिएको थियो।

Facebook Comments