• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृत वलीकाे बिदाई तथा फेरि भेटाैंला कार्यक्रम




तुल बहादुर कवँर मगर
भालुवाङ  । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकाले नेपाल सरकारको उपसचिवमा बढुवा भई जान लाग्नु भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीलाई साेमबार एक कार्यक्रमकाे आयोजना गरि बिदाई तथा फेरि भेटाैंला कार्यक्रम गरेकोे छ।

करिब अढाई वर्ष बढी पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहनुभएका वलीकाे पालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी,वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु र कर्मचारीहरूले टीका, फूलमाला तथा सम्मानपत्र प्रदान गरि बिदाई गर्नुभएको हाे।

बिदाई कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रमुख प्रशासकीय अधिकृतको रुपमा वलीको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले गाउँपालिकाको प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा वलीको योगदान अतुलनीय रहेको बताउनुभयो ।

आफ्नो कार्यकालको झण्डै आधा समय प्रमुख प्रशासकीय अधिकृतको पदमा वली रहेको भन्दै उहाँले गाउँपालिकाको विकासका सबै सन्दर्भमा वलीले सधैं सकारात्मक ढंगले साथ दिएको बताउनुभयो ।

वलीको नेतृत्वमा प्रशासनिक सुधार, नीति कार्यान्वयन तथा सेवा प्रवाहमा आएको परिवर्तनप्रति धन्यवाद व्यक्त गर्नुभयो।

त्यस्तै उपाध्यक्ष कमलापती चौधरीले वलीको समर्पण र इमानदारिताको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

त्यस्तै उहाँले हरेक कार्यालयमा वली जस्तो कर्तव्यबोध, ईमान्दार र लगनशील कर्मचारीकाे आवश्कता रहेकाे कुरा समेत औल्याउनुभयाे।

प्रमुख प्रशासकीय अधिकृत वलीले आफ्नो कार्यकालभरि जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयबासीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै राप्ती गाउँपालिकामा काम गर्ने अवसर पाउँदा गौरवान्वित भएको बताउनुभयो।

बढुवा भई गएपनि राप्ती गाउँपालिकासँगको सम्बन्ध सँधै कायम रहने प्रतिबद्धता व्यक्त गर्दै, उहाँले आगामी दिनमा समेत विभिन्न माध्यमबाट सहकार्यको अपेक्षा राख्नुभयो।

कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूले सहभागीता रहेको थियो ।

Facebook Comments