• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही महोत्सवमा आज बद्री पंगिनी र रचना रिमालको प्रस्तुति




घोराही, दाङ। घोराही उपमहानगरपालिका–१४, झिँगौरामा जारी छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ मा आज शुक्रबार राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ।

महोत्सवमा लोकप्रिय गायिका बद्री पंगिनी र रचना रिमालको प्रस्तुति रहने मुल आयोजक समितिको संयोजक वसन्त जोशीले जानकारी दिनु भयो । रचना रिमालले फोटो फिरिममा, आउ तिमी अंगालोमा, भन साइला, उनको प्रीती जस्ता चर्चित गीतहरू प्रस्तुत गर्नेछिन्।

त्यस्तै, आजकै दिन सुकदेब अधिकारी, जालुमाया गुरुङ, रितु तामाङ, खड्क शर्मा, प्रकाश प्रीय, कुसुम्या, कोष खड्का लगायतका कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन्।

महोत्सवमा ठूलो दर्शक उपस्थिति अपेक्षा

महोत्सवमा प्रवेश शुल्क प्रतिव्यक्ति १ सय रुपैयाँ तोकिएको छ भने विद्यार्थीहरूले परिचयपत्रका आधारमा ८० रुपैयाँमा प्रवेश पाउनेछन्। अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरूलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। टिक व्यवस्थापन उपसमितिका संयोजक माधव खनालका अनुसार महोत्सव अवलोकन गर्न २ लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ भने २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता तथा विविध प्रतियोगिता

महोत्सवअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता पनि आयोजना गरिएको छ। लोक संस्कृतिको संरक्षण तथा स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, द्वितीयलाई ३५ हजार, तृतीयलाई २५ हजार तथा सान्त्वना पुरस्कारस्वरूप १५ हजार नगदसहित मेडल र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै, विद्यालयस्तरीय नृत्य र कविता प्रतियोगिता तथा खुला लोक नृत्य र जोडी नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ। उत्कृष्ट हुने प्रतियोगीहरूलाई नगदसहित आकर्षक पुरस्कार प्रदान गरिने प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले जानकारी दिए।

उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित आयोजना गरिएको महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ।

 

Facebook Comments