• ६ माघ २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विप्लव स्याउ रोप्न जुम्ला जाँदै




दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’स्याउ रोप्न जुम्ला जाँदै छन् । उनी आफ्नो धर्मपत्नी शोभा चन्दसँगै जुम्ला जाँदै छन् । जुम्लाको हिमा गाउँपालिका-७, धौलापानी यहि फागुन १० गते विप्लवले २ हजार स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गर्ने छन् ।

स्याउ रोप्ने कार्यक्रमको आयोजना नेकपा केन्द्रिय उत्पादन बिभागले गरेको केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए ।

यतिखेर विप्लवको टोली दैलेखको सदरमुकाम दुल्लु पुगेको छ । उनको साथमा नेकपा स्थायी समिति सदस्य सन्तोष बुढा मगर ‘विषम सी’ पनि जुम्लाको यात्रामा छन् ।

फागुन ७ गते बिहिबार रुकुम ससुराली गाउँबाट तय भएको विप्लव सीको यात्रा जाजरकोट हुँदै दैलेख दुल्लु पुगेको छ । यात्राको क्रममा विप्लव सीको टोलीलाई आफ्ना नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले अभिनन्दन गरेको अडिगले जानकारी दिए ।

त्यसैगरी फागुन १२ गते कालिकोट जिल्ला तिला गुफ्फा नगरपालिका ३ फोहीईमा १५ सय स्याउ रोप्ने कार्यक्रम रहेको छ । फागुन १४ गते शहिद सप्ताको पहिलो दिन कालिकोट जिल्ला रासकोट नगरपालिका ५ आरसीपी बजारमा बृहत जनसभा हुने र उक्त जनसभालाई विप्लवले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

नेकपाको त्रिबेणी साझेदारी भेडाफर्म फागुन १६ गते उद्घाटन कार्यक्रम रहेको छ । कालिकोटको नरहरीनाथ गाउँपालिका ५ रुप्सामा विप्लवले नै फर्मको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । करिव २० लाखको लगानीमा १ सय ३५ भेडाहरु फर्ममा रहेको नेकपा स्रोतले जनाएको छ ।

Facebook Comments