• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिद्ध रत्ननाथ क्याम्पसमा स्ववियुद्वारा मञ्च शिलान्यास




विकास खड्का
नारायणपुर । घोराही उपमहानगरपालिका -१० नारायणपुरस्थित सिद्ध रत्ननाथ क्याम्पसमा स्ववियुद्वारा मञ्च शिलान्यास गरिएको  छ । स्ववियुको आयोजनामा बिहीबार एक कार्यक्रमकाबीच मञ्चको शिलान्यास गरिएको हो ।

क्याम्पसका स्ववियु सभापति मनोज पौडेलको अध्यक्षता एवं  अखिल समाजवादीका केन्द्रीय अध्यक्ष नरेन्द्र सीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि  नरेन्द्र सीले इतिहासका विभिन्न कालखण्डमा युवा विद्यार्थीहरूले देश परिवर्तनको निम्ति महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले देशको शैक्षिक परिवर्तन गर्नका लागि  युवा विद्यार्थीहरू एकताबद्ध  हुनुपर्ने जरुरी रहेको समेत  बताउनुभयो ।  अहिलेका युवा विद्यार्थीहरू पढाइसँगसँगै श्रममा पनि डोडिनुपर्ने र शिक्षासँगसँगै व्यक्तिगत रुपमा पनि युवा विद्यार्थीहरू आत्मनिर्भर हुन जरुरी रहेको उहाँको भनाइ छ ।

संगठन अध्यक्ष नरेन्द्रले अहिले नेपालको शिक्षा स्थिति हेर्दा  सैद्धान्तिक बढी र प्रयोगात्मक कम रहेको र अब विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानतर्फ जोडदिनुपर्ने बताउनुभयो । उहाँले  बदलिँदो समयमा युवा विद्यार्थीहरू वैदेशिक पलायन भइरहेको र  देशको अवस्था झनै संकटपूर्ण अवस्थामा ढल्किँदै गरेकोहुँदा यसलाई रोक्नको लागि सम्पूर्ण युवा विद्यार्थीहरूले देशमै केही गर्न सकिन्छ भन्ने सपना देख्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै विशिष्ट अतिथि क्याम्पस सञ्चालक  समितिका अध्यक्ष प्रेम डाँगी, क्याम्पस प्रमुख दीपक लामिछानेले स्ववियुले गर्न लागेको यो महान काममा क्याम्पसको पनि पूर्ण साथ र  सहयोग रहने भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो ।

त्यसैगरी स्ववियु सभापति मनोज पौडेलले स्ववियुले निर्माण गरेको योजनामै रहेर काम गरेको र आगामी दिनहरूमा पनि क्याम्पस र विद्यार्थीहरूले साथ दिए यस्ता कामहरु अझै हुने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण क्याम्पसका विद्यार्थी विशाल  खड्काले गर्नुभएको थियो।

Facebook Comments