• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही महोत्सवमा लोकदोहोरी गायकहरूको धमाकेदार प्रस्तुति




दाङ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासहित दाङ जिल्ला उद्योग वाणिज्य संघद्वारा आयोजित ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा मंगलबार लोकदोहोरी क्षेत्रका चर्चित गायकहरूले आफ्नो प्रस्तुति दिएका छन्।

लोकप्रिय गायक कृष्ण रेउले, नवीन पौडेल, लेखिना राई, राजकुमार वली, सुशीला थापा र राशी रिजालले महोत्सवको माहोललाई सांगीतिक रंगले भरिपूर्ण बनाएका थिए।

गायक रेउलेले सर मलेया, कलेजी रेटियो, आज गाउँमा जस्ता गीत गाएर दर्शकलाई झुमाए। त्यस्तै, गायक पौडेलले जान म त्यो घर, मैले तिमीलाई हेरेको मन परेरै हो, ओइ सरकार ओइ ओइ देशका युवा खोइ? जस्ता गीत प्रस्तुत गरे।

महोत्सवमा प्रवेशकालागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवमा कृषी, पर्यटन तथा व्यवसायिक गरि ४ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।

दोहोरी प्रतियोगितामा बर्दिया विजयी

लोक संस्कृतिको संरक्षण र स्थानीय प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजित लुम्बिनी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगितामा बर्दिया विजयी भएको छ। बर्दियाले दाङको मझेरी दोहोरी घरलाई पराजित गर्दै उपाधि हात पारेको हो।

बुधबार एलिना चौहानको प्रस्तुति

महोत्सवमा बुधबारका दिन चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक वसन्त जोशीले जानकारी दिए। त्यस दिन गायक कुलेन्द्र विश्वकर्मा, सञ्चिता शाही र देवेन्द्र बस्नेत लगायतका कलाकारको प्रस्तुति पनि रहनेछ।

आयोजकले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन सबै जिल्लाबासीलाई आग्रह गरेको छ।

 

Facebook Comments