• २४ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तनहुँ र रुपन्देहीमा कर्मचारीमाथि आक्रमणको विरोधमा राप्तीका सचिवद्वारा पेन डाउन




भालुबाङ । गण्डकी प्रदेशको तनहुँ जिल्ला र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा स्थानीय तहका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा राप्ती गाउँपालिकाका ९ वटै वडा सचिवहरूले मंगलबार पेन डाउन गरेका छन्।

तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडा सचिव नवीन भुसालमाथि वडा अध्यक्ष बल बहादुर गुरुङले गालीगलौज गर्दै शारीरिक आक्रमण गरेकाे र रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष करम हुसेनले शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि कार्यस्थलमै गालीगलौज गर्दै हातपात गरेकाे विराेधमा सचिवहरूले सामूहिक रूपमा पेन डाउन गरेका हुन्।

वडा सचिवहरूले घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। साथै, घाइते सचिव नवीन भुसाल र शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

विरोधस्वरूप फागुन ६ गते राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यालयका सचिवहरूले पेन डाउन गर्ने निर्णय गरेको वडा नं. ३ का वडा सचिव शेर बहादुर हमालले जानकारी दिएका छन्। सचिवहरूले पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वास विकलाई साे सम्बन्धि जानकारी पत्र बुझाउँदै देशका विभिन्न स्थानीय तहका कर्मचारीहरू निरन्तर जनप्रतिनिधि तथा सेवाग्राहीबाट शारीरिक तथा मानसिक दुव्र्यवहारको सिकार भइरहेकाले सरकारसँग सुरक्षा प्रत्याभूतिको माग गरेका छन्।

सचिवहरूले कर्मचारी शुभेच्छुक संघ, संगठन तथा सरोकारवालालाई ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्।

Facebook Comments