• २ असार २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा टिप्परको हाइडोलिक पाइप भाँचिदा दुईजना घाइते




निराजन सिर्पाली
रुकुमपूर्व । रुकुमपूर्वमा टिप्परको हाइडोलिक पाइप भाँचिदा दुई जना घाइते भएका छन् । जिल्लाकाे सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कैंची मोडमा रहेको ठकुरी ग्यारेजमा बा ५ ख ४०८४ नम्बरको टिप्पर मर्मत गर्ने क्रममा हाइड्रोलिक पाईप भाँचिदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा सर्लाही जिल्लाकाे बागमती नगरपालिका – १० का टिप्पर चालक २३ वर्षीय विजय लामा र दाङ जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका – ५ मैना बगर बस्ने मिस्त्री ३५ वर्षीय कमल गिरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी हिम बहादुर के.सी.ले जानकारी दिनुभएको छ । सुचना अधिकारी के.सी. का अनुसार घाइते दुई जनाकाे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव राज खरेलको नेतृत्वमा रहेको १५ जनाको प्रहरी टाेलिले उद्धार गरेको थियो ।

घाइते दुई जनालाई घटना स्थलबाट तत्काल उद्धार गरि रुकुम पूर्व अस्पतालमा लगिएको थियो । टिप्पर चालककाे ढाडको हड्डी चर्कीएकाले थप उपचारको लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा रिफर गरिएको छ ।

Facebook Comments