घोराही। दाङको घोराही -१६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजमा चौंथो जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता – २०८१ सम्पन्न भएको छ । कलेजले आइतबार एक कार्यक्रमको आयोजनागरी जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।
दाङ जिल्लामा भएका प्लसटुतर्फका विद्यालयमा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरुमा भएको प्रतियोगितामा विज्ञान संकायतर्फ दाङभ्याली कलेज घोराही प्रथम भएको छ । प्रतियोगिताको निर्णायक मण्डलले सार्वजनिक गरेको नतिजा अनुसार दाङभ्याली कलेजमा अध्ययनरत विद्यार्थीहरु प्रीन्सु अधिकारी, आशिष चौधरी, प्रविन महरा र विजय वली प्रथम भएका छन् । त्यस्तै ज्ञानज्योति तुलसीपुरमा अध्ययनरत विद्यार्थीहरु लेजिन डाँगी, दीपक कुमार राना, प्रतीक भण्डारी र हिमाल पाण्डे द्वितीय, रोजी बड्स लमहीमा अध्ययनरत विद्यार्थीहरु प्रवेशीका शर्मा, प्रदीप रोका, प्रज्ज्वल खनाल र प्रतिउशा न्यौपाने तृतीय र गुरुकुल एकेडेमी घोराहीमा अध्ययनरत विद्यार्थीहरु सुविना विष्ट, अजिना अधिकारी, सक्षम पौडेल र जनक पुनमगर सान्त्वना भएका छन् ।
त्यस्तै व्यवस्थापन संकायतर्फ दीपशिखा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु रिदम घिमिरे, भीषण युद्ध खत्री, विश्व आचार्य र स्मृति वली प्रथम छन् भने रोजी बड्स लमहीमा अध्ययनरत विद्यार्थीहरु महिमा चौधरी, सन्दीप खड्का, सुबाष न्यौपाने र सुबिक्षा चौधरी द्वितीय भएका हुन् । त्यसैगरी गुरुकुल एकेडेमी घोराहीमा अध्ययनरत विद्यार्थीहरु विनिता थापा, सुविक्षा आचार्य, सुशान्त रावत र आशिष विश्वकर्मा तृतीय छन् भने माध्यामिक विद्यालय रझेनामा अध्ययनरत विद्यार्थीहरु लक्ष्मण भण्डारी, नवीन बुढामगर, रिया पुनमगर र प्रकृति पुन सान्त्वना भएका हुन् ।
कलेजले बिगत तीन वर्षदेखि निरन्तर रुपमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । प्रतियोगितामा व्यवस्थापन संकायतर्फ १५ वटा विद्यालय र विज्ञान संकायतर्फ १२ वटा विद्यालयले सहभागी जनाएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरुलाई क्रमशः नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी हुने विद्यालयहरुलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका शिक्षा, खेलकुद तथा युवा महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले विद्यार्थीहरुका लागि क्षमता अभिवृद्धि गर्नेजस्ता प्रतियोगिता आयोजना गर्ने राप्ती इञ्जिनियरिङ कलेज र प्रतियोगितामा सहभागी प्रतिस्पर्धी विद्यार्थीहरुलाई धन्यवाद गर्दै विजयी हुने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा थप हसौला प्रदान गर्ने र विद्यार्थी भएका बाह्य क्षमता अभिवृद्धिसँगै बौद्धिक ज्ञानमा उत्कृष्टता थपिने बताउनुभयो ।
कलेजका कार्यकारी निर्देशक शैलेन्द्र गिरीले प्राविधिक शिक्षाको मागलाई मध्यनजर गर्दै २०६५ सालमा राप्ती इञ्जिनियरिङ कलेजको स्थापना गरेको बताउनुभयो । उहाँले जिल्लामा अध्ययनरत विद्यार्थीहरुको ज्ञानको क्षमता जाँच गर्ने उद्देश्यले जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको जानकारी दिनुभयो ।
त्यस्तै कलेजका प्रवन्ध निर्देशक भीमसेन गिरीले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण विद्यालय र विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै यो वर्ष फरक ढंगले जिल्लास्तरीय हाजिर जवाफ प्रतियोगिता समापन गरेको बताउनुभयो । उहाँले जिल्लामा अध्ययनरत विद्यार्थीहरुमा भएको ज्ञानलाई वृद्धि र विस्तार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । प्रतियोगितामा सहभागी भएर प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुले यो कलेजमा आएर प्राविधिक शिक्षा लिन चाहेमा क्रमशः ८० प्रतिशत, ५० प्रतिशत, ४०प्रतिशत र ३० प्रतिशत छात्रवृत्ति दिइने र सहभागी हुने सबै विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रवृत्ति दिइने समेत उहाँको भनाइ थियो ।
कार्यक्रमका संयोजक मधुसूदन वैद्यको अध्यक्षता एवं घोराही उपमहानगरपालिका शिक्षा, खेलकुद तथा युवा महाशाखा प्रमुख नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका कार्यकारी निर्देशक शैलेन्द्र गिरी कलेजका प्रवन्ध निर्देशक भीमसेन गिरी, जिल्लामा रहेका कलेज तथा विद्यालयका प्राचार्य / प्रतिनिधि र विद्यार्थीहरुको सहभागी रहेको थियो ।
कलेजका प्रीन्सीपल रेशम गिरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण कलेजका इञ्जिनियर सुशील आचार्यले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
