• ४ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अघिल्लो सरकारले छुट्याएको सहिदमार्गको ६८ करोड बजेट काटियो, पूर्वमन्त्रीद्वारा विरोध




दाङ। अघिल्लो सरकारले घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि छुट्याएको बजेट वर्तमान सरकारले काटेको छ । कूल बजेट १ अर्ब २५ करोडमध्ये सरकारले ६८ करोड रुपैयाँ काटेको भन्दै पूर्वअर्थमन्त्री वर्षमान पुनले आपत्ति जनाउनुभयो ।

अघिल्लो सरकारले विनियोजित गरेको बजेट नयाँ सरकारले रकमान्तर गरेर ६८ करोड बजेट घटाएको उहाँले जानकारी दिनुभयो । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पुनले सहिद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि अघिल्लो सरकारले १ अर्ब २५ करोड बजेट व्यवस्था गरेकोमध्ये तर, हालै नयाँ सरकार गठन भइसकेपछि सो बजेटबाट ६८ करोड रकम रकमान्तर गरिएको बताउनुभयो।

उहाँले उनले अझैपनि सडकको ठेक्का नलागेको भन्दै सो खण्डको तुरुन्त ठेक्का लगाउने व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले अनियन्त्रित टिपरका कारण दाङ, रोल्पा र रुकुम क्षेत्रका जनता त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

Facebook Comments