• ३१ बैशाख २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
छिप्रीदहमा मन्दिर निर्माण: प्राकृतिक सम्पदाको दोहन र करोडौंको खर्चप्रति स्थानीयको गुनासो




रुकुमकाेट । धार्मिक संरचना निर्माणको नाममा पाेखरी मासेर मन्दिर बनाउदा राज्यको करोडौं रुपैयाँ खर्च भएको छ। भने अर्काे तर्फ प्राकृतिक स्रोत सम्पदा मासिने थालेकाे छ।

रुकुम पूर्वको सदरमुकाम समेत रहेकाे सिस्ने गाउँपालिका –६ रुकुमकोट स्थित छिप्रीदहको बीचमा सिमेन्टेड पिलर ठड्याएर मन्दिर निर्माण गरिएकाे छ ।विकासको नाममा भइरहेको प्राकृतिक सम्पत्ति दोहन र राज्यको ढुकुटी खेर गएकाे छ। राज्यको ढुकुटी खेर मात्रै नभएर सार्वजनिक सम्पत्ति नाश हुने तत्रास बढ्न थालेकाे स्थानीयले बताएका छन्।

प्राकृतिक स्रोत मासेर धार्मिक संरचना बनाउन भन्दा विकट र दुर्गम स्थानहरुमा विद्यालय, अस्पताल, सडक पुग्न नसकेको स्थानमा सडक र खानेपानीकाे हाहाकार भएको साे स्थानमा शुद्ध पिउने नागरिककाे घर घरमा पुर्‍याउन सरकारकाे ध्यान राज्यको ढुकुटी खेर नजाने स्थानीयहरु गुनासो छ।

सार्वजनिक सम्पत्ति संरक्षण गर्नु सरकारको कर्तव्य हो भने धार्मिक संरचनाको करोडौं रुपैयाँ खर्चिनु गम्भीर विषय हाे।

Facebook Comments