• २४ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरु जजुर माविका विद्यार्थीद्वारा गरिब तथा जेहेन्दार विद्यार्थीलाई ब्याग वितरण




तुलसीपुर, दाङ। गुरु जजुर माध्यमिक विद्यालय, कक्षा १० ‘E’ का विद्यार्थीहरूले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय झोला (ब्याग) वितरण गरेका छन्।

कक्षा कोठामा अनुपस्थित हुँदा उठाइएको फाइनको रकम सदुपयोग गर्दै, ती विद्यार्थीहरूले विद्यालयकै कक्षा १ देखि ३ सम्म अध्ययनरत १५ जना आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई झोला वितरण गरेका हुन्।

विद्यार्थीहरूका अनुसार, कक्षामा अनुपस्थित हुँदा उठ्ने फाइनलाई सकारात्मक कार्यमा खर्च गर्नुपर्छ भन्ने उद्देश्यका साथ प्रार्थनाको समयमा नै उनीहरूले साना भाइबहिनीहरूलाई ब्याग हस्तान्तरण गरेका थिए।

कक्षा शिक्षक लक्ष्मी अधिकारीका अनुसार, विद्यार्थीहरूले नै अनुपस्थित भएको अवस्थामा फाइन लगाउने निर्णय गरेका थिए। परीक्षा नजिकिएसँगै संकलित रकमको उचित सदुपयोग गर्दै सामाजिक कार्य गर्ने सोच राख्नु अत्यन्त सराहनीय रहेको बताउँदै उनले यो कार्यले विद्यालयमा सकारात्मक प्रभाव पारेको उल्लेख गरिन्। साथै, फाइनको अवधारणाले विद्यार्थीहरूलाई नियमित कक्षामा उपस्थित गराउन मद्दत पुगेको र उनीहरूको अध्ययनप्रति झन् रुचि बढेको पनि बताइन।

विद्यार्थीहरूको यो सामाजिक कार्यले विद्यालयभित्र नै सहयोगी भावना बढाउनुका साथै शिक्षाको सकारात्मक प्रभावलाई अझ दरिलो बनाउने विश्वास लिइएको छ।

Facebook Comments