दाङ। दाङको तुलसीपुरमा फागुन १ गतेदेखि सुरु भएको दोस्रो तुलसीपुर महोत्सव २०८१ मा आज (शनिवार) राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरू प्रस्तुति दिन आउने भएका छन्।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार: सहरदेखि गाउँसम्म व्यापार विस्तार’ मूल नाराका साथ सञ्चालन भइरहेको महोत्सवमा आज गायिका भुमिका गिरी, आस्था रावत, गायक कृष्ण रेउले लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने महोत्सव आयोजक समिति संयोजक ऋषिराज भण्डारीले जानकारी दिए।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
