• २ असार २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयकाे निर्देशन




काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अभिभावक, स्थानीय प्रशासन र सरोकारवालालाई विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको हो ।

तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोर्डिङका लेखापालले तीनजना विद्यार्थीमाथि गालामा तातो पन्युले डामेको तथा नवलपरासी पश्चिमको एच पाठशालामा शिक्षकले यातना दिएर विद्यार्थीको आँखा फुटेको घटनामा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यस्तै, दक्षिणकाली काठमाडौंको जुनकिरी स्कुल तथा शंखरापुरमा एचएस एकेडेमीको बस दुर्घटना भई विद्यार्थीको मृत्यु भएको घटनामा तत्काल छानबिन गर्न पनि मन्त्रालयले प्रहरीलाई अनुरोध गरेको छ ।

सवारी साधनको मापदण्ड ‘स्कुल बस निर्देशिका २०४७’ अनुसार पालना गर्न मन्त्रालयको निर्देशन छ ।

Facebook Comments