• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनयुद्ध दिवसमा दीप प्रज्वलन




घोराही ।जनयुद्ध दिवसको अवसरमा घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुर बजारमा दीप प्रज्वलन तथा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेताहरूले जनयुद्ध जनताको हितका लागि भएको दाबी गरेका छन्।

घोराही नगरपालिकाका उपप्रमुख शक्तिराम डाँगीको अध्यक्षता मा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा घोराही उपमहानगरपालिका इन्चार्ज मिलन डाँगी रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य अजयदीप शर्मा तथा अतिथि सुशीला शर्मा रहनुभएको थियो।

कार्यक्रममा नेताहरूले जनयुद्धले मुलुकलाई आमूल परिवर्तनको दिशामा अघि बढाएको उल्लेख गर्दै यसको उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए। प्रमुख अतिथि मिलन डाँगी ले जनयुद्धले नेपाली जनताको अधिकार स्थापित गरेको भन्दै यसको योगदानलाई स्मरण गर्नुपर्ने बताउनुभयो।

विशिष्ट अतिथि अजयदीप शर्मा ले जनयुद्ध उत्पीडित, वञ्चित तथा पिछडिएका वर्गहरूको हकअधिकार सुनिश्चित गर्न महत्वपूर्ण रहेको उल्लेख गर्दै उपलब्धिहरूलाई संस्थागत गर्दै समावेशी लोकतन्त्रलाई अझ सशक्त बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

अतिथि सुशीला शर्मा ले जनयुद्धले देशको राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

कार्यक्रमको सहजीकरण नेकपा (माओवादी केन्द्र) घोराही नगर कमिटीका सदस्य विष्णु भण्डारी ले गर्नुभएको थियो। दीप प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधिहरू, पार्टीका अनुभवी नेता, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Facebook Comments