विकास खड्का
घोराही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले ३० औं महान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गरेको छ । समितिले बुधबार साँझ घोराहीस्थित सहिद गेटमा दीप प्रज्ज्वलन गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविन सीले जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य दिँदै जनयुद्ध किन सुरु गरेको भन्ने विषय सबै आम जनसमुदायलाई थाहा भएको र जनयुद्ध सुरुवात गर्नुको मुख्य दुईवटा उद्देश्य रहेको बताउनुभयो । उहाँले सामन्तवाद र दलाल पुँजीवादलाई परास्त गर्नका लागि २०५१ साल फागुन १ गते जनयुद्ध सुरु भएको बताउनुभयो । जनयुद्धले सामन्तवादलाई परास्त बनाएको भएपनि दलाल पूँजीवाद पराजित नभएको बताउनुभयो ।
गणतन्त्रको स्थापनासँगै समाजमा रहेका उत्पीडित श्रमिक वर्ग किसानहरुको एक हदसम्म अधिकार प्राप्तभएको भएपनि समाजवादले मात्रै जनताको हक र अधिकार प्राप्त हुने भएकाले समाजवाद ल्याउनका लागि नेकपाले एकीकृत जनक्रान्तिको कार्यदीशामार्फत अगाडि बढेको इञ्चार्ज सविनको भनाइ थियो ।
उक्त कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । दीप प्रज्ज्वलन कार्यक्रमको सहजीकरण पार्टीका घोराही नगर सेक्रेटरी महान सीले गर्नुभएको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।