भालुबाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाको तेस्रो अधिवेशन आगामी फागुन १ गते अर्थात भाेली हुने भएको छ।
राप्ती गाउँपालिका-२, लालमटियास्थित महिला भवनकाे सभाहलमा बिहान ८ बजेबाट सुरु हुने अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले गर्नु हुने भएको छ।
पार्टी केन्द्रको सर्कुलरअनुसार ९ वटै वडामा अधिवेशन सम्पन्न गरी जनयुद्ध दिवसको अवसर पारेर पालिका अधिवेशन गर्न लागिएको पार्टीका गाउँ कमिटी अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो।
४५ सदस्यीय गाउँ कमिटी चयनका लागि ४६ जना आयोजना समिति र १०४ जना प्रतिनिधि रहनेछन्। अधिवेशनमा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।
अधिवेशनमा गाउँपालिकाका ९ वटै वडाबाट पार्टी सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने गाउँ कमिटीका सचिव वसन्त नेपालीले जानकारी दिनुभयो।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।