निराजन सिर्पाली
रुकुम पूर्व । रुकुम पूर्वकाे स्याला सुर्पा भन्ने गाउँमा पहिलोपटक बिजुली बत्ती बलेको छ । जिल्लाकाे भूमे गाउँपालिका वडा नम्बर ६ मा पर्ने स्याला सुर्पा गाउँमा पहिलो पटक नेपाल विद्युत प्राधिकरणकाे केन्द्रीय प्रसारण लाइन पुगेको हाे।
अहिलेसम्म पनि बिजुली नपुगेको उक्त गाउँमा ५० kva काे ट्रान्सर्फमर जडान गरि करिब ६० वटा घरधुरीमा बत्ती बाल्न सफल भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वका कार्यालय प्रमुख प्रमाेद खनालले जानकारी दिनुभएको छ । प्रमुख खनालका अनुसार भूमे गाउँपालिका वडा नम्बर ८ काेर्जामा पनि त्यहाको बत्ती भरपर्दो नभए पछि साेही ट्रान्सर्फमरबाटै करिब १ सय घरधुरीलाई पुग्ने गरि लाइन बिस्तार गरि प्राधिकरणकाे लाइन पुर्याइएकाे छ।
पछिल्लो समय रुकुम पूर्वकाे विभिन्न गाउँहरुमा नेपाल विद्युत प्राधिकरणकाे लाइन विस्तारकाे काम भइरहेको भए पनि EIB आयाेजना अन्तर्गत सालासार र इथाेस कम्पनीहरुले काममा ढिलासुस्ती गर्दा सवस्टेशन तथा विद्युतकाे लाइन विस्तारकाे काममा ढिलाइ भइरहेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।