• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा तीनजनाको शव फेला




निराजन सिर्पाली
रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा तीनजनाको शव फेला परेको छ ।

भूमे – ४ साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनले ६० वर्षीय ढाटी बुढा र बुढाको नाति ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलले जानकारी दिएका छन् । डिएसपी खरेलका अनुसार फरार भनिएका चन्द्रसिङ पुनलाई पनि खोजतालसका क्रममा खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला पारिएको बताइएको छ ।

भूमे गाउँपालिका – ४ का वडा अध्यक्ष श्याम प्रसाद बुढाका अनुसार दुई जनाको शवलाई मुचुल्का बनाई शव उठाउने प्रक्रिया भैरहेको र फरार भनिएकाे व्यक्तिको शवलाई पनि मुचुल्का उठाउने प्रक्रिया चलेको छ ।

यस बिषयमा अनुसन्धान पश्चात् पुरा विवरण आउने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी हिमबहादुर केसीले जानकारी दिनुभएको छ ।

Facebook Comments