• १ असार २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिका – ४ मा पढाइ मेला सुरु




कमल खड्का
रोल्पा । रुन्टीगढी गाउँपालिकाको वडा नं ४ मा पढाइ मेला सुरु भएको छ। रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ को मसिनामा रहेको सूर्योदय माध्यमिक विद्यालयकाे प्राङ्गणमा आजदेखि पढाइ मेला कार्यक्रम सुरु भएको हो।

रुन्टीगढी गाउँपालिका वडा नं. ४ को आयोजनामा भएको पढाइ मेला कार्यक्रम माघ २९ गतेबाट ३० गतेसम्म सञ्चालन हुनेछ। जसमा वडा नम्बर ४ मा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहभागी बनाएर विद्यार्थीहरूको क्षमता जाँच गर्नको लागि यो मेला आयोजना गरिएको हो।

यस मेलाबाट विद्यार्थीहरूकाे क्षमता मापन हुनेछ भने विद्यार्थीहरूकाे पठन पाठनलाइ स्तरीय बनाउन र शैक्षिक सुधार गर्नमा टेवा पुर्‍याउने हेतुका साथ मेला आयोजना गर्ने गरिन्छ। विद्यार्थीहरूको पढाइको स्तर कस्तो छ कसरी पढाउँदा पठनपाठनमा सुधार हुन्छ र उनीहरूको शैक्षिक अवस्था कस्तो छ भन्ने जानकारी लिनका लागि पनि पढाइ मेला कार्यक्रम प्रत्येक वर्ष गर्ने गरिन्छ ।त्यस्तै कुन विद्यार्थी कस्तो र कुन विद्यार्थीले कतिको लगाव झुकाव राख्दछ भन्ने बारेमा पनि मूल्याङ्कन हुने गर्दछ भने विशेषत शैक्षिक सुधारमा सहयोग पुगोस् भन्ने हेतुले नै पढाइ मेला कार्यक्रम सञ्चालन गर्ने गरिन्छ।

Facebook Comments