• ३१ बैशाख २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पामा अटो दुर्घटना: एकजनाको मृत्यु, दुईजना घाइते




खुमबहादुर सुनार

रोल्पा ।  रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका–२, लामिडाँडास्थित सुर्पाल-लिवाङ सडकखण्डमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

आज दिउँसो करिब ३ बजे होलेरीबाट रुन्टिगढी–२, धारापानी जाँदै गरेको रा.१ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भई करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा परी रुन्टिगढी–२, धारापानी निवासी ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

दुर्घटनामा सोही अटोका चालक रोल्पा, लिवाङ निवासी ३८ वर्षीय मनराज नेपाली र सुनिल स्मृति गाउँपालिका–२ निवासी ६२ वर्षीय मान बहादुर परियार घाइते भएका छन्। परियारको बायाँ हातमा गम्भीर चोट लाग्नुका साथै शरीरको भित्री भागमा चोट रहेको छ भने चालक नेपालीको पनि विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै सुप्राल प्रहरी चौकीबाट प्रहरी निरीक्षक तिलक बहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments