• १ असार २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा लखन थापाको स्मृतिमा फुटबल प्रतियोगिता हुने




घोराही । दाङको घोराहीमा लखन थापाको स्मृतिमा फुटबल प्रतियोगिता-२०८१ हुने भएको छ । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा फागुन २ गतेदेखि १४ गतेसम्म घोराहीमा फुटबल प्रतियोगिता हुने भएको हो । संघले मंगलबार पत्रकार सम्मेलनमार्फत फुटबल प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

संघका अध्यक्ष बेदबहादुर बुढाले प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा फागुन २ गतेदेखि १४ गतेसम्म फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए । उनले  थापाको स्मृति दिवसको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको र  फुटबल प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः एक लाख र पचाँस हजार नगद पुरस्कार दिइने जानकारी दिए ।

त्यस्तै खेल संयोजक इराक घर्ती मगरले प्रतियोगितामा नकाउट चरणका खेलहरु खेलाइने बताए । उनले खेलमा सहभागी हुने क्लबहरुले खेलमा नदोहोरिने गरी खेलाडीहरु परिवर्तन गर्ने सक्ने दाङमै पहिलोपटक अवसर ल्याएको जानकारी दिए । प्रतियोगितामा सहभागी जनाउनका लागि हालसम्म १२ वटा क्लबहरु सम्पर्कमा रहेको र अझै क्लबहरु बढ्ने अनुमान रहेको उनको भनाइ छ ।

प्रतियोगितालाई सब्य र भब्य रुपमा सफल बनाउनका लागि सबै खेलाडीहरुलाई सक्रिय सहभागी भइदिन समेत आयोजकले अनुरोध गरेको छ । संघका केन्द्रीय सह अध्यक्ष गंगा थापा मगरले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत आयोजकले बताएको छ  ।

संघका अध्यक्ष बेदबहादुर बुढाको अध्यक्षतामा भएको पत्रकार सम्मेलन सहजीकरण संघका सदस्य कैलाश घर्तीमगरले गरेका थिए ।

 

Facebook Comments