• ३१ बैशाख २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सवको टिकट शुल्क निर्धारण: जेष्ठ नागरिकलाई निःशुल्क




दाङ । यही फागुन २ गतेदेखि १८ गतेसम्म घोराहीमा हुने ‘छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को टिकट शुल्क निर्धारण गरेको आयोजकले जानकारी दिएको छ ।

‘उद्योग, व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराकोसाथ घोराही १४ झिँगौरामा हुने महोत्सव प्रवेशका लागि सर्वसाधारण लाई १ सय रुपैया र परिचयपत्र लिएर आएका विद्यार्थीलाई ८० रुपैया रहेको टिकट व्यवस्थापन उपसमितिका संयोजक माधव खनालले जानकारी दिनु भयो ।

संयोजक खनाल अनुसार जेष्ठ नागरिक, अपांग र अशक्तलाई शुल्क निःशुल्क रहेको समेत जानकारी दिनु भएको छ । महोत्सव फागुन २ गते देखि १८गते सम्म चल्ने छ ।

Facebook Comments