रोल्पा । रोल्पाको घर्तीगाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका-७ नन्दीखोला नजिकै शुक्रबार बेलुकी जीप दुर्घटना हुँदा एक शिक्षिकाको ज्यान गएको छ।
प्रहरीका अनुसार घर्तीगाउँबाट दाङ जाने लु १ च ९४०६ नम्बरको जीप दुर्घटना हुँदा रोल्पाको गंगादेव गाउँपालिका-२ की सीता खड्काको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी रुन्टीगढी गाउँपालिका-९ स्थित जनकल्याण माविकी शिक्षिका हुन् ।
दुर्घटनामा परी दुई बालक घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको छ । घटनास्थल पुगेका रोल्पाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रोहित कुमार शाहीले दुवै बालकको उपचार र हेरचाहको लागि दाङ पठाइएको बताए ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।