• १ असार २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा फलफूल विरुवा वितरण




कमल खड्का
रोल्पा । रुन्टीगढी गाउँपालिकाले कृषकका लागि हिउँदे फलफूलको विरुवा वितरण गरेको छ । ८०/ ८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत कृषि शाखाद्वारा ५० प्रतिशत अनुदानमा कृषक कृषि फम वा कृषक समूहको माग संकलनका आधारमा बिरुवा वितरण गरिएको हो ।

शुक्रबार कृषि शाखाको प्राङ्गणमा माग संङकलन भएका रुन्टीगढी भित्रका बिभिन्न कृषक समूह कृषि फामबाट गरि १८ कृषकलाई भेला गराई ५ प्रकारका फलफुल बिरुवा कृषकलाई उपलब्ध गराईएको छ । जस अन्तरगत दाते ओखर बीउ बाट उत्पादन भएको र कलमी गरि २ किसिमको , चुच्चे ओखर बिउबाट उत्पादनमा भएको र कलमी गरि दुई किसिमको, रुख बदाम ,किवी र चेरीका बिरुवा वितरण गरिएको हो । उक्त विरुवा वितरण संग संगै कृषि प्राबिधिक द्वारा खाडल बनाउने देखि विरुवालाई मल दिने र लगाउने तरिका सम्मको जानकारी दिएको कृषि शाखा प्रमुख हिमा पुनले बताउनु भयो ।

केही गर्न चाहाने कृषकको स्तर माथि उठाउने र कृषकलाई कृषि पेशा बाटै निर्भर राख्नको निम्ति सरकारले ५० प्रतिशत लगानी गरि किसानलाई उपलब्ध गराएको रुन्टिगढी अध्यक्ष जनक पुनले बताउनुभयो । साथै सत प्रतिशत राज्यले लगानी गरेको भए फ्रिमा आएको भनेर किसानले ब्यवास्था गर्ने र उपलब्धि केही नदेखिने हुनाले कृषकको पनि लगानी भए यसमा मेरो पनि लगानी छ भन्ने हुने र त्यसको स्याहारसुसार अलि बढी हुने हुदा सरकारले यस प्रकारको निति बनाएको अध्यक्ष पुनले बताउनु भयो । यस प्रकारका क्रियाकलाप विगत बर्ष देखिनै स्थानीय सरकारले गर्दै आएको र आगामी वर्षमा पनि गर्दै जाने बताउनु भयो भने किसानले पनि सरकारले गरेको लगानी सहि सदुपयोग गरि प्रतिफल दिन ढङ्गबाट कृषि पेशा गर्न समेत सुझाव दिनुभयो ।

बिरुवा वितरण कार्यक्रम रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन उपाध्यक्ष सरिता केसी कृषि शाखा प्रमुख हिमा पुन शाखाका कर्मचारी तथा कृषकहरुको बिचमा भएको हो ।

Facebook Comments