• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा आगलागी पीडितलाई अखिल क्रान्तिकारीद्वारा खाद्यान्न सहयोग




निराजन सिर्पाली
रुकुमपूर्व — देशभर विभिन्न वनहरूमा आगलागी भइरहेको छ। समयमै वर्षा नहुनु र हिमाली जिल्लाहरूमा हिमपात नहुनु प्रमुख कारणका रूपमा हेरिएको छ। रुकुमपूर्वमा पनि आगलागीका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन्। कतिपय ठाउँमा प्राकृतिक कारणले आगलागी भइरहेको छ भने कतै घाँस पलाउने निहुँमा आगो लगाउने प्रवृत्ति पनि देखिएको छ।

बुधबार आगलागीबाट प्रभावित भूमे गाउँपालिका–३ क्याङ्सीका भान्देउ रोकाको परिवारलाई नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, रुकुमपूर्वले सहयोग गरेको छ। संगठनका अध्यक्ष चन्द्र रसाइली नेतृत्वको टोली पीडितको घरमै पुगेर विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।

विद्युत् सर्ट भई आगलागी हुँदा घरसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो। राहतस्वरूप अखिल क्रान्तिकारीले चामल, दाल, नुन, तेल लगायत आवश्यक खाद्यान्न प्रदान गरेको अध्यक्ष रसाइलीले जानकारी दिए।

उनले आगलागी पीडितहरूको राहत र पुनःस्थापनामा राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए। “यो हाम्रो संगठनको तर्फबाट सानो प्रयास मात्र हो। आगलागी पीडितलाई थुप्रै आवश्यकता पर्छ। हामीले सामान्य सहयोग गरेका हौं, बाँकी काम राज्यको हो,” उनले भने।

राहत सामग्री बुझ्दै पीडित भान्देउ रोकाले संकटको घडीमा सहयोग पुर्याएकोमा अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइली र उनकी टोलीलाई धन्यवाद व्यक्त गरे।

अखिल क्रान्तिकारीले जिल्लामा आइपर्ने विभिन्न विपत्तिमा निरन्तर रूपमा राहत तथा सहयोग प्रदान गर्दै आएको छ।

 

Facebook Comments