• २५ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्वर्गद्वारी गुठीपीडितको आन्दोलनको समर्थन गर्दै पूर्वमन्त्री शर्मा




दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वर्गद्वारी गुठीपीडित किसानको आन्दोलनको समर्थन गर्नुभएको छ । स्वर्गद्वारी गुठीपीडित किसानहरुले काठमाडौंको  माईतीघर मण्डला गरेको आन्दोलनमा सहभागी हुँदै जारी आन्दोलनको समर्थन गर्नुभएको हो ।

त्यस अबसरमा बोल्दै पूर्वमन्त्री शर्माले स्वर्गद्वारी गुठी पीडित किसानको आन्दोलनमा आफ्नो साथ र सहयोग निरन्तर रहेको बताउँनुभयो । आफू मन्त्री हुँदा निरन्तर किसानको समस्याका बिषय लिएर  प्रधानमन्त्री,मन्त्रीसंँग पटक/पटक छलफल र डेलिगेशन गएको स्मरण गर्दै स्वर्गद्वारी गुठीपीडित किसानको समस्या बिधयेकमार्फत तत्काल हल गर्नुपर्ने बताउँनुभयो ।  नागरिक आवास र भूमी सम्बन्धि अधिकार  संबिधानले नै ग्यारेन्टी गरेको प्रतिक्रिया दिँदै आदालतले गरेको फैसलाको आधार मानेर संबिधानको उलङ्घन गर्ने कार्य तुरुन्त सच्याउँनु पर्ने बताउँनुभयो ।

दाङ,क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले सरकारले  ३१ वटा कानुन संसोधन गर्ने विधयेक ल्याउँदा स्वर्गद्वारी गुठीपीडीत किसानको पक्षमा कानुन नआउँन सरकारको नियत नै  गलत रहेको स्पष्ट पार्नुभयो । माओबादी केन्द्र स्थायी कमिटी सदस्य समेत रहनु भएकी शर्माले भोली बस्ने संसद बैठकमा स्वर्गद्वारी गुठी पीडित किसानको  माग सम्बोधन गर्न  फाष्टट्र¥र्याक मार्फत बिधयेक ल्याई किसानलाई जग्गा उपलब्ध गराउँने बिषयमा सरकारको ध्यानाकर्षण गराउँने बताउँनुभयो । आन्दोलनको प्रतिनिधि सभा सदस्य नारायणी शर्मा प्रतिक्षा,रुपा चौधरी र पूर्वराज्यमन्त्री सुसिला श्रीपालीले पनि समर्थन गर्नुभएको छ ।

Facebook Comments