• २५ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मुख्यमन्त्री आचार्यले गरे रोल्पाली विद्यार्थीसँग छलफल




दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीसँग छलफल गर्नुभएको छ । रोल्पा जिल्ला कोटगाउँस्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसँग मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्नुभएको हो ।

मुख्यमन्त्रीसँगको भेटमा विद्यार्थी तथा शिक्षकहरुले विद्यालयसम्म पुग्ने सडक नबनेको भन्दै बनाउन अनुरोध गरेका छन् । मुख्य सडकदेखि विद्यालयसम्म पुग्ने करिब दुई सय मिटर सडक पक्कि बनाउनुपर्ने माग राखिएको हो । मुख्यमन्त्री आचार्यले विद्यार्थी तथा शिक्षकहरुले राखेको माग सम्वोधन गर्ने बारेमा सरकारले पहल लिने बताउनुभयो ।

‘तपाईहरुले राम्रो संग पढ्नुस, ज्ञान हाँसिल गर्नुस । सरकारले तपाईहरुको विद्यालय सम्म पुग्ने सडक बनाउछ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यस बर्ष नभए अर्काे बर्ष यसलाई बनाउनेगरी काम हुन्छ । हामीले यो माग पत्र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउछौं ।’ बाटो नबन्दा बर्षातको समयमा हिलो र हिउँदको समयमा धुलोले हैरानी हुने गरेको बताएका थिए । विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर पुन सहित विद्यार्थीहरुले मुख्यमन्त्री संग छलफल गर्नु भएको थियो ।

Facebook Comments