• २४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सभ्य समाज निर्माणमा ब्रह्माकुमारीको भूमिका महत्त्वपूर्ण




घोराही । बढ्दाे नकारात्मकता हटाउँदै सभ्य समाज निर्माणमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयाेग प्रशिक्षण केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्दै आएकाे वक्ताहरुले जाेड दिएका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयाेग प्रशिक्षण केन्द्र, घाेराहीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान कार्यक्रममा सहभागी वक्ताहरुले समाजलाई सही बाटाेमा हिडाउन ब्रह्माकुमारी संस्थाले खेल्दै आएकाे भुमिकाका कारण समाजमा ठूलाे सकारात्मक प्रभाव परेकाे उनीहरुकाे जाेड थियाे ।

विश्व विद्यालय एवं राजयाेग प्रशिक्षण केन्द्र प्रमुख गीता दिदीकाे अध्यक्षतामा शनिबार महासंघका नवनिर्वाचित कार्यसमितिलाइ स्वागत तथा सम्मान गर्न आयाेजित कार्यक्रममा समाजमा देखा परेको नकारात्मकता हटाउन र सच्चा मानव बनाउन संस्थाले गर्दै आएकाे काम र याेगदानमा सबैलाई जाेड्न आवश्यक रहेकाे नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले जाेड दिनुभयाे।

समाज समृद्ध बनाउन नागरिक सभ्य हुन अावश्यक रहेकाे भन्दै नागरिकलाई सभ्य र मर्यादित बनाउन ब्रह्माकुमारी संस्थाले खेल्दै आएकाे भुमिका सराहनीय रहेकाे बताउनुभयाे ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्ताेष सुवेदीले नागरिक सुसूचित गराउने र समाजलाई सही दिशामा अघि बढाउने काममा मिडियाले खेल्दै अाएकाे भुमिकामा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकाे साथ र सहयाेग निकै प्रशंसायाेग्य रहेकाे बताउनुभयो । उहाँले अागामि दिनमा पनि समाज विकास र मानवीय चेतना अभिवृद्धिलगायत कार्यक्रममा सँगसँगै रहने प्रतिवद्धता जनाउनु भयाे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले समाजमा बढ्दाे निराशा चिर्दै सकारात्मक साेँचकाे विकासमा लागिरहेकाे संस्थाकाे अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयाे।

नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले विगतदेखि पत्रकार महासंघले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयसँग सहकार्य गरेर काम गर्दै अाएकाे भन्दै यसकाे निरन्तरता कायम राख्न अपिल गर्नुभयो।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राप्ती क्षेत्रीय प्रमुख गीता दिदीले युवाहरुलाई लागू अाैषध दुर्व्यसनमा जाेगाउन, मानसिक तनावमुक्त मानव बनाउन, हरेक मानवमा सकारात्मक साेँचकाे विकास गर्नेलगायत कार्यक्रम मिडियासँग मिलेर गर्ने बताउनुभयो।

कार्यक्रमकाे सहजीकरण ब्रह्माकुमारी विश्व विद्यालय घाेराहीका सचिव शिवलाल महताराले गर्नुभएको थियाे।

Facebook Comments