• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाल मोबाइल व्यवसायी जिल्ला अध्यक्ष केसी निर्वाचिनत




गोविन्द खड्का
घोराही । नेपाल मोवाईल व्यवसायी संघ दाङको प्रथम अधिवेशनबाट अध्यक्षमा शरद केसी निर्वाचित हुनुभएको छ । शनिवार भएको चुनावमा अध्यक्ष पदमा केसी र भिमसेन डिसीबीच प्रतिस्पर्धा भएको हो।

यसैगरी निवर्तमान अध्यक्ष शालीकराम खनाल, प्रथम उपाध्यक्ष हरिबहादुर खड्का, उपाध्यक्ष सुरज भण्डारी, महासचिव भिम भुषाल, सचिव रेशम बहादुर केसी, कोषाध्यक्ष कृष्णबहादुर कुँवर, सहकोषाध्यक्ष माधव प्रसान न्यौपाने (समिर) हुनुभएको छ । यसैगरी सदस्यहरुमा ललित बेल्वासे, नविन पौडेल, कमल प्रसाद खनाल, पंकजकुमार कसौधन, टोपलाल भुषाल, बुद्धिराम भुषाल, चन्द्रप्रकाश विक र विजय सिंह ठकुरी निर्विरोध निर्वाचीत हुनुभएको छ।

संघका अध्यक्ष शालिकराम खनालको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा प्रगति प्रतिवेदन अध्यक्ष शलिकराम खनालले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष शरद केसिले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दिपक पाण्डेय, दाङ जिल्ला उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष माधव खनाल, नेपाल मोवाईल व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शेषनारायण शर्मा, तुलसीपुर मोवाईल तथा इलेक्टोनिक व्यवसायी समितिका अध्यक्ष खुमन विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा स्वागत उपाध्यक्ष हरी खड्काले र सञ्चालन सचिव शरद केसीले गर्नुभएको थियो ।

Facebook Comments