• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चिल्द्रहवा थारु गाेत्यारकाे १४ औं साधारण सभा




घाेराही। चिल्द्रहवा थारु गाेत्यार समाजकाे १४ औं साधारण सभा शनिबार घाेराही १७ क्वाडीमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष भरतराम चिल्द्रहवाकाे अध्यक्षता एवम् थारु कल्याणकारी सभाका केन्द्रीय काेषाध्यक्ष चुर्ण चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै चाैधरीले थारुहरुकाे आ-आफनो गाेत्यार र संस्कृति रहेकाले बचाउ र विकासमा जाेड दिनुपर्ने बताउनुभयो।

सबै कला र संस्कृतिको धनी थारु समुदाय एकताको सुत्रमा केन्द्रीकृत भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो । यसैगरी अन्य वक्ताहरुले संयुक्त थारु गाेत्यारहरुकाे सम्बन्ध सुमधुर बनाउने विचार व्यक्त गरेका थिए।

कार्यक्रममा घाेराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, घाेटैली गाेत्यार समाजका केन्द्रीय महासचिव प्रकाश चाैधरी घाेटैली, थारु कल्याणकारी सभा दाङका अध्यक्ष अशाेक चाैधरी, वडा नम्बर १७ का अध्यक्ष तथा पुर्वी कुसुम्या गाेत्यारका रामलाैटन चाैधरी,वैडावा कुसुम्या गाेत्यारका गणेश चाैधरी, गुइजहवा गाेत्यारका इन्द्रबहादुर चाैधरी, कबलश्या कुसुम्या गाेत्यारका केन्द्रीय अध्यक्ष किरण चाैधरी, सदस्य बुझाउना चाैधरी, गाेत्यारका सस्थापक जगविर चिल्द्रहवा, आशाराम चिल्द्रहवा, गुरु प्रसाद चिल्द्रहवा लगायतले शुभकामना दिनुभएको थियाे।

धनिराम चिल्द्रहवाकाे स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमकाे सहजिकरण यमराज चाैधरीले गर्नुभएको थियोे।

Facebook Comments