श्रवण कुमार यादव
दाङ। नेसनल प्याब्सन लुम्बिनी प्रदेशको आयोजनामा प्रदेश स्तरीय अन्तर विद्यालय वक्तृत्त्वकला तथा गायन छनौट प्रतियोगिता कार्यक्रम लमहीमा सम्पन्न भएको छ।

नेशनल प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष डिल्लीराम काफ्लेकाे अध्यक्षता तथा नेशनल प्याब्सन केन्द्रीय सदस्य कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यता एवम् विभिन्न जिल्लाका जिल्ला अध्यक्ष/ प्रतिनिधिहरुको उपस्थितिमा प्रतियोगिता, दाङ लमहीकाे रातोडाँडामा रहेको ए वान लभली स्टार होटलकाे सभाहलमा भव्यताका साथ सम्पन्न भएको हो।
एनप्याब्सन लुम्बिनी प्रदेश समितीका सहसचीव जित बहादुर क्षेत्रीको स्वागत मन्तव्य एवम् राजपुर -२ मटेरिया स्थित फेमिली स्कुलका छात्रा गोमा खत्री, प्रमिला बुढा र दिपा बिकको स्वागत् नृत्यबाट सुरु भएको कार्यक्रममा सबै जिल्लाको प्रतिनिधित्व गर्दै एन प्याब्सन रुपेन्देही जिल्लाका जिल्ला अध्यक्ष तिलब केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो।
लुम्बिनी प्रदेश अन्तर्गत बाँके, बर्दिया, दाङ, कपिलवस्तु , अर्घाखाँची, रुपेन्देही, गुल्मी, नवलपरासीबाट सहभागी कार्यक्रममा ” शिक्षा र रोजगारका नाममा विदेशिनुको विकल्प , स्वदेशमै व्यवस्थापन गर्ने गरौं संकल्प” भन्ने शिर्षकको वक्तृत्त्वकला प्रतियोगिता तर्फ वेष्ट्रन इंग्लिश मिडियम सेकेण्डरी स्कुल कोहलपुरकी छात्रा निकिता लम्साल प्रथम, न्यू लुम्बिनी इंग्लिश बोर्डिङ स्कुल रुपेन्देहीकी छात्रा खुशी घर्ती द्वितीय र सन्धीखर्क ग्रीन इंग्लिश बोर्डिङ स्कुल अर्घाखाँचीकी छात्रा आशिका बन्जाडे तृतीय भएका छ्न् ।
त्यस्तै गरि फोर्थ एन प्याब्सन सिंगिङ आइडियल २०८१ तर्फ न्यू लुम्बिनी इंग्लिश बोर्डिङ स्कुल रुपेन्देहीकी छात्रा जानकी पौडेल प्रथम, कोहलपुर बागेश्वरी इंग्लिश मिडियम सेकेण्डरी स्कुल बाँकेका छात्रा ग्रेस पहाडी द्वितीय र सुनगाभा पब्लिक सेकेण्डरी स्कुल रुपेन्देहीका छात्र खिम बहादुर राणा तृतीय भएका छन।
विजेता प्रथम , द्वितीय तथा तृतीयलाई क्रमश: नगद रु. ७,०००/- , ५,०००/- , ३०००/- र सम्मानपत्रले कदर गरिएको हो भने सहभागी सबै प्रतियोगीलाई नगद २,०००/- र प्रमाणपत्रले सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रसाद पौडेलले एनप्याब्सन केन्द्रीय कमिटीको पछिल्लो गतिबिधीको बारेमा स्पष्ट पार्नु भएको थियो ।
एनप्याब्सन लुम्बिनी प्रदेश समितिका सचिव टोपेन्द्र खनालले औपचारिक रुपमा पहिलो सत्रको कार्यक्रम संचालन गर्नु भएको थियो भने दोस्रो सत्रको प्रतियोगितात्मक कार्यक्रम समितीका सह सचिव जित बहादुर क्षेत्रीले संचालन गर्नु भएको थियो ।
वक्तृत्त्वकला प्रतियोगीता तर्फको निर्णायकको भुमिका निर्वाह उदय आले र दामोदर पाण्डेले निर्वाह गर्नु भएको थियो भने गायनतर्फको निर्णायक भुमिका निर्वाह ज्ञानेन्द्र स्वर्णकार र सुष्मा ग्रेसले गर्नु भएको थियो ।
यसैबिच एनप्याब्सन लुम्बिनी प्रदेश समितिका सहकोषाध्यक्ष एवम् कार्यक्रम संयोजक कमल पछाईलेअन्त्यमा कार्यक्रम सफल बनाउनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
निजि संस्थागत विद्यालयको छाता संगठन एनप्याब्सन लुम्बिनी प्रदेश समितीको आयोजनामा सम्पन्न भएको कार्यक्रमको विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभालाई उजागर गर्दै प्रतिस्पर्धी भावनाको वृद्धि गराउने उद्देश्य रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
