दाङ । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका-३ र ४ को तेस्रो वडा सम्मेलन तथा शहीद दिवस कार्यक्रम बुधबार सम्पन्न भएको छ।
कार्यक्रमको अवसरमा दस वर्षे सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन राज्यपक्ष तथा विद्रोही पक्षबाट ज्यान गुमाएका नेपाली कांग्रेसका नेता घनबहादुर घर्ति र रविलाल पन्तको सालिकमा माल्यार्पण गर्दै शहीद दिवस मनाइएको थियो।
नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नं. ४ का वडासभापति शिवराज परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ (क)का कोषाध्यक्ष नारायण भण्डारी रहनुभएको थियो। यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी उपस्थित रहनुभएको थियो।
देश र जनताको परिवर्तनका लागि सहिदहरूले गरेका योगदानको स्मरण गर्दै पार्टीलाई संगठित र एकताबद्ध बनाउँदै अघि बढ्ने प्रमुख अतिथी समेत रहनु भएका नारायण भण्डारीले बताउनु भएको थिए । नेपाली कांग्रेस दाङको वार्षिक कार्ययोजना अनुसार जिल्लाका सबै वडामा बुधवार एकसाथ वडा सम्मेलन भएका हुन् । पार्टी संगठनलाई चलायमान, आर्थिक रूपमा व्यवस्थित र योजनाबद्ध रूपमा काम गर्ने गरी सहिद दिवसका अवसरमा वडा सम्मेलन आयोजना गरिएको नेपाली कांग्रेस दाङले जनाएको छ ।
‘सहिद दिवसको सन्दर्भ पारेर गरिएको वडा सम्मेलनमा सहिदका योगदानको स्मरणसँगै एक वर्षमा वडाले गरेका गतिविधिसँगै समीक्षा र आगामी योजनाबारे छलफल गरेका छौँ’, वडा सभापति शिवराज परियारले भने, ‘वडा सम्मेलनले पार्टीलाई सांगठनिक रूपमा संगठित, आर्थिक रूपमा पारदर्शी र योजनाबद्ध रूपमा काम गर्न सहयोग पुग्ने विश्वास छ ।’
कार्यक्रममा बंगलाचुलीका सभापति जागेश्वर अधिकारीले वडा सम्मेलनमा पार्टीले एक वर्षको अवधिमा गरेका कामको समीक्षासँगै आगामी वर्ष गर्ने योजनाहरूको समीक्षा गरिने बताउनु भएको थिए ।
वडा सम्मेलनमा वडा सचिवले वर्षभरि गरेका कामको विवरणसहित सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेर छलफल गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेपाली कांग्रेसका बंगलाचुली-३का उपसभापति देविराम महराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण ४ का सचीव चित्रकान्त पुलामी गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
