• २५ कार्तिक २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढी -२ मा वडास्तरीय खेलकुद तथा विविध कार्यक्रम शुरु




कमल खड्का
होलेरी । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर २ मा वडास्तरीय खेलकुद तथा विविध कार्यक्रम सुरु भएको छ। खुसी र समृद्धि अबको रुन्टीगढी भन्ने मूल नाराका साथ सुरु भएको खेलकुद खेलकुद तथा विविध कार्यक्रम माघ १४ गते लदेखि १६ गतेसम्म सञ्चालन हुनेभएको हो ।

रुन्टीगढी गाउँपालिका वडा नं. २ गोरीनेताको आयोजनामा सुरु भएको खेलकुद तथा विविध कार्यक्रममा वडाभित्रका प्रतियोगी समाहित पुरुष भलिबल प्रतियोगिता महिला भलिबल प्रतियोगिता वडा स्तरीय कक्षा १ देखि ३ सम्मका विद्यार्थी लक्षित गरेर हिसाब दौड प्रतियोगिता वडा स्तरीय कक्षा ४ देखि ५ सम्मका विद्यार्थी लक्षित गरेर हाजिरी जवाफ प्रतियोगिता वडास्तरीय कक्षा ६ देखि ८ विद्यार्थी लक्षित गरेर ३०० मिटर छात्रा /छात्र दौड प्रतियोगिता एकल नृत्य प्रतियोगिता स्वास्थ्य आमा समूहहरू बीच घैँटाफोर तथा तातो आलु छोपाई प्रतियोगिता र स्वास्थ्य आमा समूहहरू बीच रस्साकसी प्रतियोगिता गरी जम्मा १० वटा विधाका खेलहरू समावेश गरिएका छन्।

कार्यक्रममा वडा नम्बर २ मा उत्पादन भएका कृषि उपजको प्रवर्धन प्रचार प्रसार तथा कृषि प्रदर्शनीको लागि फलफुलहरूको माला बनाएर प्रमुख अतिथि अतिथिहरुलाई फलफुलको मालाले समेत स्वागत गरिएको थियो।

वडा नम्बर २ का अध्यक्ष भिउलाल पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सांसद दिपेन्द्र कुमार पुन सिजल त्यस्तै विशिष्ट अतिथिमा रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन अन्य अतिथिहरूमा रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसी लुम्बिनी प्रदेश नेकपा माओवादी पार्टी कमिटी सदस्य गोविन्द पुन नजर नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश सदस्य एलबी मगर वडा नम्बर १ का अध्यक्ष थम बहादुर घर्ती वडा नम्बर ६ का अध्यक्ष घन बहादुर घर्ती वडा नम्बर ७ का अध्यक्ष टेकलाल पुन र वडा नम्बर ९ का अध्यक्ष चेतलाल खत्री वडाका जनप्रतिनिधि क्रियाशील वडाका राजनीतिक दलका प्रतिनिधि वडाभित्रका विभिन्न विद्यालयका शिक्षकहरू वडाका कर्मचारी स्वास्थ्य आमा समूह खेलमा भाग लिएका प्रतियोगी विद्यालयका विद्यार्थी लगायत स्थानीयको सहभागिता रहेको थियो।

वडा नम्बर २ का कार्यालय सहायक चन्द्रबहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको खेलकुद उद्घाटन कार्यक्रमको सहजीकरण वडा नम्बर २ का वडा सचिव नैन बहादुर पुनले गर्नु भएको थियो ।

Facebook Comments