• २० कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अर्तिदिने राजनीति होइन लिडर उत्पादमा जोडिएको राजनीति चाहिन्छः विप्लव




बसन्त विक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अर्कालाई अर्तिदिने राजनीति नभएर उत्पादनमा लिडर जोडिएको राजनीतिक चाहिने बताएका छन् ।

नेकपाले सोमवार बुढानिलकण्ठमा सुरु गरेको सी व्यापार केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सीले अर्कालाई अर्ति दिने राजनीति नभई उत्पादनमा लिडर जोडिएको राजनीति चाहिएको बताएका हुन्। उनले नेपालका कम्युनिष्टहरुको आफ्नै अर्थ दृष्टिकोण र उत्पादन नहुदा नेपालमा राजनीतिक समस्यासंगै आर्थिक समस्या आएको ठोकुवा गरे ।

महासचिव विप्लवले नेपालको राजनीतिक समस्यासंगै आर्थिक समस्या समाधान गर्न नेपालको साधन श्रोतलाई उत्पादनमा लगाउनु पर्ने धारणा राखे । उनले राजनीतिक समस्या त छदैछ तर आर्थिक रुपमा नयाँ दृष्टिकोण सहित विकास गर्न नसक्दा पुँजीवादसंग सोभियत संघको समाजवाद हारेको जिकिर गरे । ।
उनले नेकपाले गरेको उत्पादन उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी जनतामा सस्तो र सुभल मुल्यमा दिने बताए ।

‘उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्छौँ होला । एउटा व्यापारीले सक्छ भने हामी किन सक्दैनौँ । हामीले चन्दा उठाएर बनाएका होइनौँ । २४ घण्टा राजनीति गर्नु जरुरी छैन’ उनले भने, ‘तीन घण्टा श्रममा जोडिनोस् भनेर मैले पार्टीका साथीहरूलाई भन्ने गरेको छु । अब झोला बोकेर मात्र हुदैन । उत्पादनमा जोडिनु पर्छ उत्पादनले हामीलाई अहिले समस्या छैन । हाम्रो विश्वास के छ भने घाटामा जाँदैनौँ । मरेर पनि श्रम गर्छौँ ।’

महासचिव विप्लवले ०८४ नेपालको राजनीति उथलपुथल र कायाकल्प हुने दाबी गरे । उनले भने, ‘नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ । नेपालको राजनीतिलाई आकासबाट धर्तीमा उभ्याउन चाहन्छौँ । नेपाली जनताले एक पटक समाज हेर्न चाहेका छन् । आगामी निर्वाचनमा समाजवादी शक्ति एक भएर चुनावमा भाग लिन्छौँ ।’

उनले राजनीति पार्टीको उद्देश्य सत्ता नै भएको भन्दै तर कस्को सत्ता भन्ने कुरा मुख्य कुरा भएको बताए ।
‘नेपालमा जनताको सत्ता छैन हामी जनताको सत्ता चाहान्छौ’ महासचिव विप्वलले भने, ‘यो माग्ने चिज होईन, नैसर्गिक अधिकार हो ।’ उनले नेपालको मुख्य समस्या दलाल पुँजीवाद र यसको संरक्षण गर्नेहरु भएको भन्दै सबै अग्रगामी मित्र शक्तिहरुसंग सहकार्य हुने बताए ।

Facebook Comments