• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरको न्यायिक समितिद्वारा ४६ विवाद मिलापत्र  




घोराही । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले ४६ वटा विवादको मिलापत्र गरेको छ । न्यायिक समितिले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिकमा सम्पादित कार्यप्रगतिको बारेमा जानकारी दिँदै ४६ वटा विवादको मिलापत्र भएको बताएको हो ।

घोराही उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा न्यायिक समितिका संयोजक हुमाकुमारी डिसीले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिकमा  ७९  वटा दर्ता भएका उजुरीमध्ये ४६ वटा विवादको मिलापत्र भएको र ३३ वटा विवाद प्रक्रियामा रहेको बताउनुभयो । उहाँले   स्थानीय सरकार सञ्चालन ऎन २०७४ को दफा ४७ को उपदफा (१) अन्तर्गत पालनपोषण तथा हेरचाह नभएको र ज्याल मजदुरी नदिएको समेत गरी १६ वटा उजुरी, दफा ४७ को उपदफा (२) अन्तर्गत जग्गा विवाद, वातावरण पदूषण, गाली बेइज्जती समेत गरी २० वटा र अन्य उजुरी तथा लेनदेनका समेत १६ र  अघिल्लो आर्थिक वर्षबाट सरिआएका २७ गरी ७९ वटा विवादहरु दर्ता भएको बताउनुभयो ।

पछिल्लो समयमा साना- साना समस्याहरू टोल विकास संस्थामै मिलापत्र हुने गरेको भन्दै संयोजक डिसीले सबै वडाहरुमा मेलमिलाप समिति गठन गरेर समस्याहरुको मेलमिलाप गर्ने गरेको र वडा मिल्न नसकेका समस्यामात्र न्यायिक समितिमा आउने गरेको समेत बताउनुभयो ।

न्यायिक समितिले प्रत्येक तीन /तीन महिनामा न्यायसमन्धी सम्पादित भएगरेका कार्यप्रगतिको बारेका पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आएको छ ।

न्यायिक समितिका सदस्य मनबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत ॠषिराम केसी,  नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

न्यायिक समितिका संंयोजक हुमाकुमारी डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन भएको थियो ।

Facebook Comments