दाङ। पछिल्लो समयकी चर्चित मोडल नारायणी खत्रीलाई गृह जिल्ला प्युठानमा सम्मान गरिएको छ। माण्डबी गाउँपालिकामा जन्मेकी मोडल नारायणीलाई कलाकारितामा लागेर नेपालसहित माण्डबी गाउँपालिकालाई देश तथा विदेशमा चिनाउन सफल भएको भन्दै सम्मान गरिएको थियो ।
माण्डबी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बामबहादुर बुढाको अध्यक्षतामा आइतबार आयोजित एक कार्यक्रममार्फत मोडल नारायणीलाई सम्मान गरिएको थियो।

‘करिमैले पो के गर्छ काइँला’, ‘मायाले दिल गाड्यो’, ‘शिरफुल शिरको’, ‘लैजाउ मलाई डुंगा तरी’ लगायतका चर्चित गीतहरूमा आफ्नो कला प्रस्तुत गर्दै चर्चामा आएकी मोडल नारायणीले यो सम्मान प्राप्त गरेको हुन।
आफ्नो जन्मभूमिमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी व्यक्त गर्दै उनले यो माया सधैं पाउनेमा आफू विश्वस्त रहेको बताइन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
