घोराही । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर समिति दाङको अध्यक्षमा खिमबहादुर चौधरी निर्वाचित हुनुभएको छ।
जसको उपाध्यक्षमा मने बिश्वकर्मा, दिलकुमारी बुढा र शक्तिराम डाँगी, सचिव बसन्त चौधरी, सहसचिव रेवन्ता पुन र कोषाध्यक्ष सुमन रोका रोका निर्वाचित हुनुभएको छ ।
दुई दिनसम्म चलेको बन्दसत्रबाट चौधरीको नेतृत्वमा ६८ सदस्यीय नगर समिती सर्वसम्मत भएको हो । दश प्रतिशत मनोनित गर्ने विधानको प्राबधानअनुसार समितिको बैठकले ७ सदस्य मनोनित गरेर ७५ सदस्यीय कार्य समितिलाई पूर्णता दिने छ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
