• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुलका विद्यार्थीले गरे विज्ञान प्रदर्शनी




घोराही । गुरुकुल एकेडेमीका विद्यार्थीहरुले विज्ञान सामग्री प्रदर्शनी गरेको छन् । विद्यालयको १० औं बार्षिक उत्सवको अवसरमा गुरुकुल एकेडेमी घोराही , लमही र तुलसीपुरका विद्यार्थीहरुले बनाएका बैज्ञानिक सामग्रीहरको शनिबार एक कार्यक्रमकाबीच प्रदर्शन गरेका हुन् ।

कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरुले विज्ञान प्रदर्शनीमा भाग लिएका थिए । विद्यालयले एक औपचारीका कार्यक्रम गरेर विज्ञान प्रदर्शनी गरेको हो ।

विज्ञान प्रदर्शनीको अवलोकन गर्दै प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले आफूले प्रदर्शनीबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अधिकारीले विज्ञान प्रदर्शनी , प्रदर्शनी मात्र नभएर प्रतिस्पर्धा भएको कारणले विद्यार्थीहरुलाई अझ धेरै कुराहरु बनाउनको लागि उत्सुकता जागेर आउने बताउनुभयो । कुनैपनि बैज्ञानिकहरु एकै पटकमा सफल नहुने भन्दै असफलतापछि पक्कै पनि सफलता मिल्ने भएको हुनाले विद्यालय र विद्यार्थीहरुलाई नियमित कार्यमा लाग्न सुझाव समेत दिनुभयो ।

बैज्ञानिक एडिसनको उदाहरण दिँदै उपलब्ध भएका सम्पुर्ण कुराहरुको सदुपयोग गदै अगाडि बढ्नुपर्ने बताउनुभयो । गुरुकुलका विद्यार्थीहरुको रचनात्मक काम देखेर यो प्लेटफर्म उपलब्ध गराउने गुरुकुल एकेडेमी पक्कै धन्यवादको पात्र हो, अधिकारीले भन्नुभयो ।
यस्तै कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले एउटा बालकलाई कसरी पूर्ण मानव बनाउन सकिन्छ भन्ने हेतुले विद्यालयले विज्ञान सम्बन्धिका कुराहरुमा पनि सहभागि गराउने गरेको बताउनुभयो । कुनैपनि विद्यालय राम्रो कि नराम्रो भन्ने बारेमा विद्यालयले विद्यार्थीहरुलाई कस्तो प्लेटफर्म प्रदान गर्छ भन्ने कुरा अग्रपंक्तिमा आउने बताउनुभयो । फरक ढंगले सोच्ने क्षेमताको बिकास हुने भन्दै बालबालिकाले बनाएका रोचक तथा हेर्न लायकका सामग्रीहरु विश्लेषणात्मक तरिकाले हेर्न सक्ने जनशक्ति उत्पादन तर्फ विद्यालयले ध्यान दिएको पनि उँहाले बताउनुभएको थियो । गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो ।

विज्ञान प्रदर्शनीमा हवाइजहाज , ड्रोन क्यामरा , लुम्बिनि प्रोजेक्ट हल , क्ल्याप स्विच स्टिक फर ब्लाइन्ड पर्शन , स्मार्ट सिटी ,एसि , कुलर , सोलार कुकर , वाटर साइकल , सेभ द अर्थ लगायतका सामग्रीहरु बनाएर राखिएको थियो ।

गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक जितबहादुर थापाले गर्नुभएको थियो ।

Facebook Comments