• २ मंसिर २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रेस युनियन दाङको वार्षिक साधारणसभा माघ १८ मा हुने




दाङ । नेपाल प्रेस युनियन दाङले बार्षिक साधारणसभा गर्ने भएको छ ।

प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खडकाको अध्यक्षतामा शनिबार घोराहीमा बसेको बैठकले यहि माघ १८ गते घोराहीस्थीत नेपाल पत्रकार महासंघ दाङ शाखाको हलमा बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले बार्षिक साधारणसभा विहान ११ बजेदेखि गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले प्रेस युनियन दाङ शाखामा स्थापना भएका पुरस्कारको अक्षकोषलाई एकिकृत गर्ने निर्णय गरेको छ । त्यसका लागि युनियन दाङका अध्यक्ष नारायण खड्काको संयोजकत्वमा सचिव अमरक्षितिज भण्डारी र कोषाध्यक्ष लीलाधर वली सदस्य रहेको तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । बैठकको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

Facebook Comments